मोरङमा ९ सहित थप १३ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

मोरङमा ९ सहित थप १३ संक्रमितको मृत्यु


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङमा नौसहित थप १३ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङमा ९ बर्दियाका दुई, दाङका एक र चितवनका एक जना छन् ।

मोरङमा मात्रै पछिल्लो १२ घण्टाभित्र नौ जनाको मृत्यु भएको छ । मोरङ १२ घण्टाभित्र मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

आठ जनाको उपचारका क्रममा विराटनगरका विभिन्न कोभिड अस्पताल र एक जनाको आफ्नै घरमा मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये सात पुरुष र दुई महिला छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा मंगलबार बिहान पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई, न्युरो अस्पतालमा एक र होम आइसोलेसनमा एक जनाको ज्यान गएको छ ।

तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको बिहान ८:२० बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको अस्पतालका व्यवस्थापक नारायण दाहालले बताए ।

झापा गौरादह–५ का ६५ वर्षीय वृद्ध पुरुषको पनि बिहान ८:२५ बजे नोबेलमै मृत्यु भएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि वृद्धलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको दाहालको भनाइ छ ।

झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको पनि बिहान ५:४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो ।

उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएएको छ । कोरोना रिपोर्ट पोजिटिभ आएपछि कात्तिक २२ गते भर्ना गरिएका उनको बिहान ५:३० बजे मृत्यु भएको जानकारी दाहालले दिए ।

मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको बिहान ६:३० बजेतिर नोबेलमै ज्यान गएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको दाहालले बताए ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६९ वर्षीया वृद्धाको मंगलबार बिहान ज्यान गएको छ ।

सुनसरीको इटहरी–५ की वृद्धाको बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि कोशी कोभिडमै मृत्यु भएको छ । उनको बिहान ७:३० बजे मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी–२ का ५० वर्षीय संक्रमित पुरुषको सोमबार राति ९:५० बजे मृत्यु भएको छ ।

निमोनियाको समस्या रहेका पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको  अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए ।

मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धाको घरमै ज्यान गएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको पनि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको हो । उनमा सोही दिन साँझ ६ बजे कोरोना पुष्टि भएको थियो ।

यस्तै बर्दियाकै बाँसगढी नगरपालिका- ८ का ३५ वर्षीय पुरुषको पनि वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।

खुट्टाको जोर्नीको उपचारका लागि कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनमा सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सोमबार राति ८:१५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको पनि भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।

सोमबार बिहान अस्पताल भर्ना भएको उनको राति साढे ९ बजे मृत्यु भएको हो । उनमा कोरोनाको पुष्टि भने राति १० बजे मात्रै भएको श्रेष्ठले बताए ।

यस्तै चितवनमा पनि एक संक्रमित वृद्धको मृत्यु भएको छ ।

नयाँ मेडिकल कलेजमा उपचाररत भरतपुर- १९ का ७७ वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको हो ।

निमोनिया, सुगर र प्रेसरको पूरानै समस्या रहेका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । उनमा २२ गते कोरोना पुष्टि भएको थियो ।

आइसीयूमा राखेर उपचाररत उनको राति ९:५० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ११ : ४४ बजे

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।

एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए

बैतडी – माध्यमिक परीक्षा (एसइई)का लागि जिल्लामा २७ वटा परीक्षा

नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा चार सूत्रीय मागसहित आन्दोलनको घोषणा

काठमाडौं – नेपाल स्काउटभित्र व्याप्त अनियमितता, अपारदर्शिता, विकृति तथा दुरुपयोगलाई

स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज प्रत्यक्ष

मतभेद हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न देउवाको निर्देशन

सुदूरपश्चिम – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र