मोरङमा ९ सहित थप १३ संक्रमितको मृत्यु « Khabarhub

मोरङमा ९ सहित थप १३ संक्रमितको मृत्यु


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङमा नौसहित थप १३ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङमा ९ बर्दियाका दुई, दाङका एक र चितवनका एक जना छन् ।

मोरङमा मात्रै पछिल्लो १२ घण्टाभित्र नौ जनाको मृत्यु भएको छ । मोरङ १२ घण्टाभित्र मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

आठ जनाको उपचारका क्रममा विराटनगरका विभिन्न कोभिड अस्पताल र एक जनाको आफ्नै घरमा मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये सात पुरुष र दुई महिला छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा मंगलबार बिहान पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई, न्युरो अस्पतालमा एक र होम आइसोलेसनमा एक जनाको ज्यान गएको छ ।

तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको बिहान ८:२० बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको अस्पतालका व्यवस्थापक नारायण दाहालले बताए ।

झापा गौरादह–५ का ६५ वर्षीय वृद्ध पुरुषको पनि बिहान ८:२५ बजे नोबेलमै मृत्यु भएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि वृद्धलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको दाहालको भनाइ छ ।

झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको पनि बिहान ५:४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो ।

उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएएको छ । कोरोना रिपोर्ट पोजिटिभ आएपछि कात्तिक २२ गते भर्ना गरिएका उनको बिहान ५:३० बजे मृत्यु भएको जानकारी दाहालले दिए ।

मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको बिहान ६:३० बजेतिर नोबेलमै ज्यान गएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको दाहालले बताए ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६९ वर्षीया वृद्धाको मंगलबार बिहान ज्यान गएको छ ।

सुनसरीको इटहरी–५ की वृद्धाको बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि कोशी कोभिडमै मृत्यु भएको छ । उनको बिहान ७:३० बजे मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी–२ का ५० वर्षीय संक्रमित पुरुषको सोमबार राति ९:५० बजे मृत्यु भएको छ ।

निमोनियाको समस्या रहेका पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको  अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए ।

मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धाको घरमै ज्यान गएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको पनि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको हो । उनमा सोही दिन साँझ ६ बजे कोरोना पुष्टि भएको थियो ।

यस्तै बर्दियाकै बाँसगढी नगरपालिका- ८ का ३५ वर्षीय पुरुषको पनि वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।

खुट्टाको जोर्नीको उपचारका लागि कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनमा सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सोमबार राति ८:१५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको पनि भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।

सोमबार बिहान अस्पताल भर्ना भएको उनको राति साढे ९ बजे मृत्यु भएको हो । उनमा कोरोनाको पुष्टि भने राति १० बजे मात्रै भएको श्रेष्ठले बताए ।

यस्तै चितवनमा पनि एक संक्रमित वृद्धको मृत्यु भएको छ ।

नयाँ मेडिकल कलेजमा उपचाररत भरतपुर- १९ का ७७ वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको हो ।

निमोनिया, सुगर र प्रेसरको पूरानै समस्या रहेका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । उनमा २२ गते कोरोना पुष्टि भएको थियो ।

आइसीयूमा राखेर उपचाररत उनको राति ९:५० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ११ : ४४ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश