मोरङमा ९ सहित एकैदिन १६ कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

मोरङमा ९ सहित एकैदिन १६ कोरोना संक्रमितको मृत्यु


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोरङमा नौ जनासहित थप १६ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ ।

मृत्यु हुनेमा मोरङमा ९, बर्दियाका दुई, दाङका एक, रुपन्देहीका दुई, कपिलवस्तुका एक र चितवनका एक जना छन् ।

मोरङमा मात्रै पछिल्लो १२ घण्टाभित्र नौ जनाको मृत्यु भएको हो । मोरङमा १२ घण्टाभित्र कोरोना भाइरसका कारण मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

आठ जनाको उपचारका क्रममा विराटनगरका विभिन्न कोभिड अस्पताल र एक जनाको आफ्नै घरमा मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये सात पुरुष र दुई महिला छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा मंगलबार बिहान पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई, न्युरो अस्पतालमा एक र होम आइसोलेसनमा एक जनाको ज्यान गएको छ ।

तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको बिहान ८:२० बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको अस्पतालका व्यवस्थापक नारायण दाहालले बताए ।

झापा गौरादह–५ का ६५ वर्षीय वृद्ध पुरुषको पनि बिहान ८:२५ बजे नोबेलमै मृत्यु भएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि वृद्धलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको दाहालले बताए ।

झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको पनि बिहान ५:४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो ।

उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएएको छ । कोरोना रिपोर्ट पोजिटिभ आएपछि कात्तिक २२ गते भर्ना गरिएका उनको बिहान ५:३० बजे मृत्यु भएको जानकारी दाहालले दिए ।

मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको बिहान ६:३० बजेतिर नोबेलमै ज्यान गएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको दाहालले बताए ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६९ वर्षीया वृद्धाको मंगलबार बिहान ज्यान गएको छ ।

सुनसरीको इटहरी–५ की वृद्धाको बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि कोशी कोभिडमै मृत्यु भएको छ । उनको बिहान ७:३० बजे मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी–२ का ५० वर्षीय संक्रमित पुरुषको सोमबार राति ९:५० बजे मृत्यु भएको छ ।

निमोनियाको समस्या रहेका पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको  अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए ।

मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धाको घरमै ज्यान गएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको पनि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको हो । उनमा सोही दिन साँझ ६ बजे कोरोना पुष्टि भएको थियो ।

यस्तै बर्दियाकै बाँसगढी नगरपालिका- ८ का ३५ वर्षीय पुरुषको पनि वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।

खुट्टाको जोर्नीको उपचारका लागि कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनमा सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सोमबार राति ८:१५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको पनि भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।

सोमबार बिहान अस्पताल भर्ना भएको उनको राति साढे ९ बजे मृत्यु भएको हो । उनमा कोरोनाको पुष्टि भने राति १० बजे मात्रै भएको श्रेष्ठले बताए ।

यस्तै चितवनमा पनि एक संक्रमित वृद्धको मृत्यु भएको छ ।

नयाँ मेडिकल कलेजमा उपचाररत भरतपुर- १९ का ७७ वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको हो ।

निमोनिया, सुगर र प्रेसरको पूरानै समस्या रहेका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । उनमा २२ गते कोरोना पुष्टि भएको थियो ।

आइसीयूमा राखेर उपचाररत उनको राति ९:५० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

यस्तै रुपन्देहीमा एक स्वास्थ्यकर्मीसहित दुई जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा बुटवलका २ र कपिलवस्तुका एक जना संक्रमितले ज्यान गुमाएका हुन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की ४८ वर्षीया स्वास्थकर्मी महिलाको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । उनी लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य केन्द्रकी सिनियर अनमी हुन् ।

यस्तै सिद्धार्थनगर नगरपालिका–१२ का ७० वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा मृत्यु भएको छ । उनीमा कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो ।

अस्पतालका अनुसार उनको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो । उनी दमको दीर्घरोगी थिए ।

त्यस्तै कपिलवस्तुका एक कोरोना संक्रमितको पुरुषको बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ का ७९ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कात्तिक २३ गते बिहान १० बजे अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना भएका ती पुरुषको दिउँसो २ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालका अनुसार उनको सोमबार राति ९ बजे मृत्यु भएको हो ।

 

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १ : ०४ बजे

सौतेनी भाइ भारतीय रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई । एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष

काभा पुरुष भलिबल : नेपाल फाइनलमा प्रवेश

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत

चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु

बेइजिङ– चीनको राजधानी बेइजिङमा ८० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धा

राष्ट्रपति पौडेलले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको

इजरायललाई हतियार नदिन अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पेनी प्रधानमन्त्रीको आग्रह

एजेन्सी– स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शुक्रबार भ्याटिकन पोप फ्रान्सिससँगको बैठकपछि