बुद्धिसागरको कथामा ‘जिन्दावाद’ बनाउँदै निश्चल « Khabarhub

बुद्धिसागरको कथामा ‘जिन्दावाद’ बनाउँदै निश्चल


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक तथा कलाकार निश्चल बस्नेतले फिल्म ‘जिन्दावाद’ निर्देशन गर्ने भएका छन् ।

आफूले खोजेजस्तो कथा नभेटिएकाले फिल्म निर्देशनबाट टाढै रहेका बस्नेतले ‘लूट २’ पछि यो फिल्म निर्देशनको तयारी थालेका हुन् ।

फिल्मको स्किृप्ट बुद्धिसागरले लेखिरहेका छन् । यो फिल्ममा कस्तो कथा रहनेछ भन्नेबारे भने अहिले केही खुलाइएको छैन । निश्चल र बुद्धिसागरले फिल्ममा सहकार्य गर्न लागेको चर्चा वर्षौंदेखि चल्दै आएको थियो ।

हालसम्म फिल्ममा कलाकार को को हुनेछन् भन्ने पनि टुंगो लागेको छैन । फिल्मलाई लिएर लेखक बुद्धिसागर पनि उत्साहित देखिएका छन् ।

राम्रो स्किृप्ट पाए मात्र फिल्म निर्देशन गर्ने बताउँदै आएका निश्चलले लामो समयपछि फिल्म निर्देशन गर्न लागेकाले पनि दर्शक प्रतीक्षामा छन् ।

यसअघि ‘लूट २’ निर्देशन गरेर दर्शकबाट राम्रो प्रतिक्रिया नपाएका कारण पनि निश्चल आफ्नो निर्देशन पाटोलाई लिएर बढी सचेत देखिएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १ : २४ बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल