‘फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई बलियो बनाउँछ’ | Khabarhub Khabarhub

‘फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई बलियो बनाउँछ’


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनलाई पालना गरेमा राष्ट्रिय एकता अझ सबल हुने बताएका छन् ।

फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले फाल्गुनन्दका उपदेश र मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता र सद्भाव कायम हुन सक्ने बताए ।

शुभकामना सन्देशमा सबैमा उनको मार्गदर्शनमा अगाडि बढ्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामना गरिएको छ ।

विसं १९४२ कात्तिक २५ गते इलामको एक सामान्य परिवारमा जन्मिनुभएका फाल्गुनन्दले जीवनका सबै समय कुरीति र कुसंस्कारमा जकडिएको समाज सुधारमा खर्चिएको भन्दै मन्त्री भट्टराईले विश्व समुदायको सुधारका लागि उनले पुर्‍याएका योगदानको स्मरण गरेका छन् ।

जीवनको अन्तिम समयसम्म भाषा, संस्कार, संस्कृति, शिक्षा उत्थान तथा समाज सुधारका निम्ति लाग्नुभएका फाल्गुनन्दले विसं १९८८ मा स्थापना गरेको ‘सत्य धर्म मुचुल्का’ को नीति विश्व समुदायले अनुसरण गर्ने गरेको आफ्नो शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १ : ५३ बजे

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।

एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए

बैतडी – माध्यमिक परीक्षा (एसइई)का लागि जिल्लामा २७ वटा परीक्षा

नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा चार सूत्रीय मागसहित आन्दोलनको घोषणा

काठमाडौं – नेपाल स्काउटभित्र व्याप्त अनियमितता, अपारदर्शिता, विकृति तथा दुरुपयोगलाई

स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज प्रत्यक्ष

मतभेद हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न देउवाको निर्देशन

सुदूरपश्चिम – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र