स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय पक्राउ « Khabarhub

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय पक्राउ


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – प्रहरीले स्रोत नखुलेको १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ माइस्थान चोकबाट १६ लाख नगदसहित भारत रक्सौल पूर्वी चम्पारण १० बस्ने ५० वर्षीय कृष्णकुमार जैन लाई पक्राउ गरेको हो ।

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले माईस्थान चोकमा चेकजाँच गर्ने क्रममा  १६ लाख रुपैयाँ बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक मनोजित कुवँरले बताए ।

जैन हुण्डी कारोबारी हुनसक्ने प्रहरीले आशंका गरेको छ । उनीमाथि बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुर आरोपमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  २ : ०४ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बोस्टन – किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-०

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात