स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय पक्राउ « Khabarhub

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय पक्राउ


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – प्रहरीले स्रोत नखुलेको १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ माइस्थान चोकबाट १६ लाख नगदसहित भारत रक्सौल पूर्वी चम्पारण १० बस्ने ५० वर्षीय कृष्णकुमार जैन लाई पक्राउ गरेको हो ।

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले माईस्थान चोकमा चेकजाँच गर्ने क्रममा  १६ लाख रुपैयाँ बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक मनोजित कुवँरले बताए ।

जैन हुण्डी कारोबारी हुनसक्ने प्रहरीले आशंका गरेको छ । उनीमाथि बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुर आरोपमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  २ : ०४ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई