चितवनमा कोरोना संक्रमितको संख्या ५ हजार बढी | Khabarhub Khabarhub

चितवनमा कोरोना संक्रमितको संख्या ५ हजार बढी


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या ५ हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ८५ पुगेको हो ।

सङक्रमित मध्ये ३ हजार ५१९ भरतपुर महानगरपालिकाका रहेका छन् । रत्ननगर नगरपालिकाका ६३४, खैरहनी नगरपालिकाका ३९४, राप्ती नगरपालिकाका २८७, कालिका नगरपालिकाका १५१, माडी नगरपालिकाका १०३ र इच्छाकामना गाउँपालिकाका ३१ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ ।

जिल्लाका सङक्रमित मध्ये ३ हजार ४८६ ले कोरोना जितेका छन् । त्यस्तै १ हजार ५२२ सक्रिय सङ्क्रमित रहेकामा १ हजार ३१५ होम आइसोलेसनमा छन् ।

सङ्क्रमित मध्ये २ हजार ४८ महिला र ३ हजार ३७ पुरुष रहेका कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणबाट जिल्लाका ७७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : २१ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले