यूईएफए च्याम्पियन्स लिगमा पीएसजीले इस्तानबुललाई ५–१ले हरायो « Khabarhub

यूईएफए च्याम्पियन्स लिगमा पीएसजीले इस्तानबुललाई ५–१ले हरायो


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘एच’को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इस्तानबुलमाथि फराकिलो जित निकालेको छ।

पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीले इस्तानबुलमाथि ५-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। पीएसजीको जितमा नेइमारले ह्याट्रिक गर्दा किलियन एम्बापेले दुई गोल गरे।

खेलको २१ औं मिनेटमा घरेलु टोलीले नेइमारको गोलमा अग्रता बनाएको थियो। त्यस्तै ३८ औं मिनेटमा नेइमारले नै किलियन एम्बापेको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै खेलको ४२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै एम्बापेले गोल गर्दा पहिलो हाफमा पीएसजी तीन गोलले अघि रह्यो।

दोस्रो हाफमा नेइमारले फेरि अर्को गोल थपे। उनले ५० औं मिनेटमा एन्जेल डि मारियाको पासमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा एम्बापेले डि मारियाकै पासमा ६२ औं मिनेटमा गोल थपे।

उता इस्तानबुलका लागि मेहमेट तोपालले ५७ औं मिनेटमा सान्त्वना गोल फर्काए। अघिल्लो दिननै तोकिएको यो खेल विवादका कारण एकदिन पछि सरेको थियो।

समूह ‘एच’बाट समान १२ अंक बनाएका फ्रेन्च क्लब पीएसजी र जर्मन क्लब आरबी लाइपजिग अन्तिम १६ मा प्रवेश गरेका छन्।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ६ : २२ बजे

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई