पार्किङस्थलसहितको ‘सिटीमार्ट’ निर्माण अन्तिम चरणमा « Khabarhub

पार्किङस्थलसहितको ‘सिटीमार्ट’ निर्माण अन्तिम चरणमा


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– शहरलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले निर्माण गरिरहेको ‘सिटी मार्ट सपिङ कम्प्लेक्स’ अन्तिम चरणमा पुगेको छ । बजारमा किनबेचका लागि व्यवस्थित भवन नहुँदा नगरले रु १५ करोडको लागतमा इलाम चोक बजार नजिकै भवन बनाएको हो ।

आर्थिक वर्ष २०७४/७५ मा रु ११ करोड ८४ लाख ८४ हजार लागत अनुमान गरिएकामा पछिल्लो समय लागत बढेर रु १५ करोड ९२ लाख ३७ हजार पुगेको छ ।

भवन पुस मसान्तसम्ममा सकिने नगरपालिकाको अनुमान छ । गत वर्षको अन्त्यसम्ममा निर्माण सक्ने बताए पनि विविध कारणले पछाडि धकेलिएको हो ।

“कोरोनाका कारण ढिलो भएको हो”, इलाम नगरपालिकाका इञ्जिनीयर दीपक गुरागाईंले भने, “जहाँतहीँबाट मजदुर ल्याउन नमिल्ने, कोरोना सङ्क्रमित भनेर ल्याउन नदिने भएकाले ढिला भएको हो ।”

गुरागाईंका अनुसार भवनको भित्री काम सकिएकाले अब बाहिर काम सक्दा सञ्चालनमा ल्याउन सकिन्छ । भवनमा ७८ वटा सटर पसल, १३० जना क्षमताको एक पार्टी प्यालेस हल र १२० जना क्षमताको एक रेष्टुराँ रहने छ । गुरागाईंका अनुसार भवनका अगाडि दुई ब्लकमा पाँच पसल रहने छन् ।

भवनको माथिल्लो तलामा मोटरसाइकल पार्किङ र भवनसँग जोडिएको र तलतिरको ब्लकमा मासु पसल राखिने छ । भवनका दुई ब्लकमा पाँच सटर पसल, सब्जी बजार व्यवस्थित गर्न तल थप ग्यावियन वालको चेकड्याम र नाली निर्माण कार्य हुने नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  १० : ०१ बजे

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?