मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ ।

सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा हिलिहाङ –१ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ–२ की अन्दाजी २० वर्षीया मुना पाख्रिन  छिन् ।

मेची राजमार्गअन्तर्गत हिलिहाङ–१ दुवीचौरमा सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा मे४प ८९४ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई स्थानीयवासीले आज बिहान फेला पारेका थिए ।

प्रहरी र स्थानीयवासीले दुवैलाई उद्धार गरी जिल्ला अस्पताल ल्याएकामा कालिकोटेलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

गम्भीर घाइते भएकी पाख्रिनलाई थप उपचारका लागि झापा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झरेको प्रहरीको अनुमान छ । मध्यरात दुर्घटना भएको स्थानीयवासीको अनुमान छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिप्रका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  १ : ०५ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक