आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ त कारोबार ? | Khabarhub Khabarhub

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ त कारोबार ?


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनको मूल्य आज पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज ९ सय रूपैयाँले घटेको हो ।

बुधबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन पनि सोही अन्तरमा घटेर आज प्रतितोला ९२ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको छ।

यसअघि बुधबार पनि सुनको मूल्य ७०० रूपैयाँले घटेको थियो । बुधबारको तुलनामा चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला १ हजार २ सय १५ रुपैयाँ कायम भएको चाँदीको भाउ बिहीबार १ हजार २ सय रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  १२ : ३४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका