काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ३६६ कोरोना भाइरस संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार ३०९ जना आईसीयूमा छन् भने ५७ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रदेश १ मा ३६ जना आईसीयूमा र ६ को भेन्टिलेटरमा उपचार भइरहेको छ भने प्रदेश २ मा ७ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको बिहीबारको तथ्यांकमा उल्लेख छ ।
यसैगरी बागमती प्रदेशमा १ सय २२ मा आईसीयूमा र ३६ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै गण्डकी प्रदेशमा ७७ जना आईसीयूमा र ८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने लुम्बिनी प्रदेशमा ५३ जना आईसीयूमा र ३ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कर्णाली प्रदेशमा ७ जना आईसीयूमा छन् भने सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया