सय जनाबाट प्लाज्मा र रक्तदान « Khabarhub

सय जनाबाट प्लाज्मा र रक्तदान


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोरोना महामारीका समयमा रगत अभाव हुन नदिन विराटनगर महानगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा सय जनाले रक्तदान गरेका छन् ।

‘रक्तदान गरेर हेर्नुस्, खुशी मिल्छ’ भन्ने नाराका साथ गरिएको सो कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिड–१९ सङ्क्रमितमा हुने रगत अभावको अवस्था अन्त्य गर्न कार्यक्रमले मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रमुख पराजुलीले आजसमेत गरेर आफूले ५४ पटक रक्तदान गरिसकेको जानकारी दिँदै प्लाज्मा तथा रक्तदातालाई प्रमाणपत्र पनि वितरण गरे ।

विराटनगर निवासी रक्तदाता रवि शाहले रक्तदान गर्नु एकदमै राम्रो कर्म भएकाले हरेक स्वस्थ मानिसलाई रक्तदान गर्न सुझाव दिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ५ : १९ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक