फेसबुक मेसेन्जरमा समस्या, लाखौं प्रयोगकर्ता सेवा लिनबाट बञ्चित « Khabarhub

फेसबुक मेसेन्जरमा समस्या, लाखौं प्रयोगकर्ता सेवा लिनबाट बञ्चित


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फेसबुक मेसेन्जरमा समस्या आउँदा विश्वभरका लाखौं प्रयोगकर्ताहरु सेवा लिनबाट बञ्चित भएका छन् ।

विहीबार विश्वभरका लाखौँ प्रयोगकर्ताले च्याट एपमा समस्याको सामना गरेका हुन् ।

अनलाइन सेवामा आधारित सर्भर ट्र्याक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरका अनुसार नेपाल सहितका विभिन्न देशका दशौं हजार फेसबुक प्रयोगकर्ताले मिनेटैपिच्छे म्यासेञ्जरमा पहुँच पाउन सकिरहेका छैनन् ।

यस किसिमको समस्या वेबका साथै मोबाइल एपमा समेत देखिएको छ । डाउन डिटेक्टरका अनुसार हरेक मिनेट २४०० प्रयोगकर्ताले म्यासेञ्जर लगइन गर्न, म्यासेज पठाउन र कल रिसिभ गर्न सकिरहेका छैनन् ।

यस्तो समस्या नेपालमा मात्र नभएर युरोपका प्रयोगकर्ताले समेत सामना गरिरहेको जनाइएको छ ।

डाउन डिटेक्टरको म्यापमा म्यासेञ्जर डाउनको समस्या बंग्लादेश, फिलिपिन्स, पोल्याण्ड, बेल्जियम, हंगेरी, पेरिस, डेनमार्क, नर्वे, आयरल्याण्ड लगायतका देशमा देखिएको छ ।

अहिलेसम्म के कारणले यस किसिमको समस्या देखा परेको हो र कति समयमा समाधान हुन्छ भन्ने विषय स्पष्ट भइसकेको छैन ।

म्यासेञ्जर मात्र नभएर फेसबुककै अर्को एप इन्स्टाग्राम समेत डाउन भएको उल्लेख गर्दै केही प्रयोगकर्ताले रिपोर्ट गरिरहेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ६ : १३ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ