कोरोना भाइरस सात प्रकारका हुने बैज्ञानिकको दाबी, सबैभन्दा घातक कुन ? | Khabarhub Khabarhub

कोरोना भाइरस सात प्रकारका हुने बैज्ञानिकको दाबी, सबैभन्दा घातक कुन ?


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड –१९) सात प्रकारको हुने बैज्ञानिकहरुले दाबी गरेका छन् ।

तर ती मध्ये एक प्रकारको कोरोना भाइरस भने अत्याधिक खतरानाक हुने गरेको उनीहरुको दाबी छ । उक्त कोरोना भाइरसको नाम हो नोबेल कोरोना भाइरस (एनसीओबी कोभिड–१९) ।

यो कोरोना परिवार मध्येको सातौँ सदस्य हो । आउनुहोस् जानिराखौँ, कोभिड–१९ भन्दा पहिला कुन–कुन कोरोना भाइरस थिए त ?

१. ह्युम्यान कोरोनाभाइरस एस २२९ ई

ह्युम्यान कोरोनाभाइरस एस २२९ ई पनि कोरोना भाइरसका परिवारको एक सदस्य हो । यो भाइरसले मानिसहरु र चमेरोलाई संक्रमित बनाउँदछ । यो भाइरसको सिएक सिंगल स्ट्राण्डेड आरएनए भाइरस हो जो, एपीएन रिसेप्टरको माध्यमबाट मानिसहरुको कोशिकामा प्रवेश गर्दछ । एचसीओभी –२२९–ई को लक्षण भनेको धेरै जाडो हुने र अत्याधिक खोकी लाग्ने हो ।

२. ह्युम्यान कोरोना भाइरस एनएल ६३

एचसीओबी–एनएल ६३ पनि एक किसिमको कोरोना भाइरस हो । सन् २००४ को अन्तिममा यसको पहिचान भएको थियो । भाइरस साना बच्चा, वृद्ध र तीव्र श्वासप्रश्वास सम्बन्धीका रोगीहरुलाई धेरै लाग्ने गर्दछ । यो भाइरस सबैभन्दा पहिला नेदरल्याण्डस्का ब्रोन्कोलाइटिसका सात महीनाका बच्चालाई लागेको थियो ।

३. ह्युम्यान कोरोनाभाइरस ओसी ४३

एचसीओवी–ओसी–४३ भने त्यति धेरै खतरनाक भाइरस होइन । यो भाइरसबाट संक्रमित मानिसहरुमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखापर्दछ ।

४. ह्युम्यान कोरोनाभाइरस एचकेयु १

एचसीओबी–एचकेयु–१ भाइरस सन् २००५ मा देखिएको थियो । उक्त भाइरस एक ७१ वर्षका व्यक्तिमा पाइएको थियो । यस भाइरसको संक्रमणबाट ग्रसित बिरामीमा तीव्र श्वासप्रश्वासको समस्या देखा पर्ने गर्दछ ।

५. सार्स

सार्सका कारण चीनमा सन् २००२ मा ८ हजार ९८ जना संक्रमित भएका थिए भने संक्रमित मध्ये ७ सय ७४ जनाको मृत्यु भएको थियो । तर यो भाइरस कहाँबाट आएको थियो भन्ने कुरा अहिलेसम्म थाहा पाइएको छैन ।वैज्ञानिकहरुले यो भाइरस पशुहरुबाटै मानिसमा फैलिएको बताएका थिए । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार सार्स पनि एक प्रकारको कोरोना भाइरस नै थियो ।

६. मर्स कोरोना भाइरस

मर्स कोरोना भाइरस मानिसमा संक्रमण गर्ने वाला भाइरस हो । मर्सका रोगिहरुमा खोकी, निमोनिया र खराब किड्नी जस्ता लक्षण पाइने गर्दछन् । यो पनि एक ज्यानमारा भाइरस हो र यसले पनि महामारीको रुप लिन सक्ने वैज्ञानिकहरुले बताएका छन् । मर्स कोरोना भाइरस सन् २०१२ मा साउदी अरबमा भेटिएको थियो । यो भाइरस पनि कोरोना भाइरसको पूर्वज भएको शोधकर्ताहरुले बताएका छन् । यो भाइरस उँटको माध्यमबाट मानिसमा सरेको थियो ।

७. नोवेल कोरोना भाइरस

नोवेल कोरोना भाइरस (कोभिड–१९) कोरोना परिवारको सबैभन्दा खतरनाक भाइरस हो ।

यो ३१ डिसेम्बर सन् २०१९ मा चीनको हुवावे प्रान्तको वुहान शहरमा देखिएको हो । यसको लक्षण अत्याधिक ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्यामा हुने आदि हुन् ।

यसको लक्षण सार्स र मर्समा मिल्दोजुल्दो रहेको छ । अहिले यो भाइरस विश्वव्यापी महामारीका रुपमा फैलिएको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ४ : ४४ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द