राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कालिनको राजीनामा स्वीकृत « Khabarhub

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कालिनको राजीनामा स्वीकृत


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनको राजीनामा स्वीकृत भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्य समितिले बैठकले प्रशिक्षक कालिनको राजीनामा स्वीकृत गरेको हो ।

कालिनले नोभेम्बर १ मा एन्फालाई राजीनामा पत्र बुझाएका थिए । सन् २०१९ को मार्चमा नेपाली टोलीको नेतृत्व सम्हाल्न उनी काठमाडौं आएका थिए ।

उनको दुई वर्षे कार्यकालमा नेपालले केही मैत्रिपुर्ण फुटबल खेलेको थियो भने फिफा विश्वकप छनोट २०२२ अन्तरगतका ५ खेल खेलेको थियो ।

जसमा नेपालले १ खेलमा जीत हात पार्दा ४ खेल हार व्येहोरेको थियो । कालिनको राजीनामा स्वीकृत गरेको एन्फाले कार्यवाहक प्रशिक्षकको जिम्मेवारी बाल गोपाल महर्जनलाई दिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ८ : २७ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न