एन्फाले बढायो खेलाडीको तलब, पुरुष र महिलाले समान पाउने « Khabarhub

एन्फाले बढायो खेलाडीको तलब, पुरुष र महिलाले समान पाउने


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका पुरुष तथा महिला खेलाडीको तलब वृद्धि भएको छ ।

बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले खेलाडीको तलब वृद्धि गर्दै पुरुष र महिला खेलाडीलाई समान तलब दिने निर्णय गरेको हो ।

एन्फा कार्यसमितिले महिला र पुरुष टोलीका खेलाडीहरुले समान १८ हजार पाउने निर्णय गरेको छ ।

यसअघि राष्ट्रिय पुरुष टोलीका खेलाडीले मासिक १५ हजार र महिला खेलाडीले ७ हजार तलब पाउँदै आएका थिए ।

एन्फाभित्र खेलाडीको तलब बढाउने पर्ने माग पदाधिकारीले नै राख्दै आएका थिए ।

यस्तै, फिफा रेफ्रिको तलब ६ हजारबाट बढाएर १० हजार बनाउने निर्णय  एन्फा कार्यसमितिले गरेको छ । कर्मचारीको तलबका विषयमा भने अझै कार्यलद गठन गरी टुङ्ग्याउने एन्फाले बताएको छ ।

यी हुन् निर्णय 

 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ९ : ३७ बजे

स्याङ्जाको तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा– यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

दुबई– इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन

पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव