अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन « Khabarhub

अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मोरिसनलाई बर्खास्त गर्न माग गर्दै नागरिक सडकमा उत्रिएका छन् ।

सिड्नी, मेलबर्न, ब्रिसबन लगायतका शहरमा ‘युनि स्टुडेन्टस फर क्लाइमेट चेन्ज’ नामक संस्थाले प्रदर्शनको आयोजना गरेको थियो ।

प्रदर्शनकारीहरुले ‘स्याक स्कोमो’ अर्थात स्कट मरिसनको बर्खास्ती लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

लगातारको आगलागीका कारण जनजीवन अझै प्रभावित रहेको अवस्थामा जलवायु परिवर्तनका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै उनीहरुले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरुले स्वयंसेवक अग्निनियन्त्रकका रुपमा काम गरिरहेकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने साथै घर जलेर घरवारविहिन भएकालाई उचित बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

अस्ट्रेलियाका विभिन्न शहरमा गरिउको प्रदर्शनका सहभागीले अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनको चर्को आलोचना गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : ०० बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको