बस र ट्रक ठोक्किँदा भीषण आगलागी, २० जनाको मृत्यु « Khabarhub

बस र ट्रक ठोक्किँदा भीषण आगलागी, २० जनाको मृत्यु


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको उत्तरप्रदेशमा यात्रुबाहक बस ट्रकसँग ठोकिँएर भएको दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।

बस र ट्रक ठोकिँदा भीषण आगलागी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । शुक्रबार राति साढे ९ बजे उत्तर प्रदेश कन्नौजको छिबरामउ–जीटी रोडमा पर्ने घिलोई गाउँमा ट्रकसँग ठोक्किएर बसमा आगो लागेको हो ।

बसबाट २१ जना घाईतेको उद्धार गरिएको छ। कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन्। एसीयुक्त बस र ट्रक आपसमा ठोक्किनासाथ दुवैमा आगो लागेको थियो ।

यो दुर्घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तत्काल दुई–दुई लाख र घाइतेहरुलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

 

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ९ : २८ बजे

लुम्बिनी प्रदेशसभा : बजेट, कानुन र सुशासनका विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक

डिभोर्सको चार वर्षपछि उषाको उजुरीमा पक्राउ परे पूर्वपति जीपी तिमल्सिना

काठमाडौं- सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् । पूर्वपत्नी

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

ढोरपाटन– बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन

जुम्ला– मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि