छाउपडी प्रथाविरुद्ध विद्यार्थीलाई पढाउँदै प्रहरी « Khabarhub

छाउपडी प्रथाविरुद्ध विद्यार्थीलाई पढाउँदै प्रहरी


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुका विद्यालयमा अध्यनतरत विद्यार्थीलाई छाउपडी प्रथाका विरुद्ध कानूनमा भएका व्यवस्थाबारेमा प्रहरीले विद्यार्थीलाई प्रशिक्षण दिइएको छ ।

श्री महाकाली नमूना माध्यामिक विद्यालय गमगढी मुगुमा कक्षा ८ देखि १० कक्षासम्म अध्यनरत विद्यार्थीलाई प्रहरीले छाउपडी प्रथाका विरुद्ध मौजुदा कानूनका विषयमा प्रशिक्षण दिएको हो ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा जरो गाडेर बसेको छाउपडी प्रथालाई सरकारले न्यूनीकरण गर्न अभियान चलाउँदै आएको छ । छाउपडी प्रथाविरुद्ध कानूनी कुरा, छाउगोठ भत्काउनेदेखि विविध सचेतनामूलक कार्यक्रम गर्दै आएअनुरुप विद्यार्थीलाई छाउ हुनु प्राकृतिक नियम हो, यो कुनै पापको कारण होइन भन्ने बुझाउन प्रशिक्षण कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।

छाउ बार्न लगाएमा कानूनका प्रावधान र कारवाहीबारेमा जानकारीसहित प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।

पुरातनवादी सोचमा ग्रसित छाउपडी प्रथा समाजमा कायमै रहेकाले त्यसलाई उन्मूलन गर्न गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यार्थी, जिल्लाका सरोकारवाला निकाय, धामीझाँक्री, महिला, स्वास्थ्यकर्मीसँग कानूनका बारेमा जानकारीसहित न्यूनीकरणमा हातेमालो गर्न आग्रह गर्दै कार्यक्रम गरिएको प्रहरी नायब उपरीक्षक साहले बताए ।

प्रशिक्षण कार्यक्रममा बोल्दै कक्षा १० मा अध्ययनरत विद्यार्थी सीमा परियारले पहिलेको तुलानामा छाउपडी प्रथा न्यूनीकरण भएको र अझै पुराना मान्छेमा छाउपडीभित्रका विकृति प्रथा कायमै रहेकाले छाउपडी प्रथा न्यूनीकरणमा सबैको सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागी सबै विद्यार्थीले छाउगोठमा नबस्न आग्रह गर्ने र कानूनका बारेमा सम्झाइबुझाई गरी छाउगोठबाट घरमै बस्नका लागि सल्लाह सुझाव दिने बताएका थिए ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ११ : ३० बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ