विप्लवका पोलिटब्यूरो सदस्य नेकपामा प्रवेश « Khabarhub

विप्लवका पोलिटब्यूरो सदस्य नेकपामा प्रवेश


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

नेकपाले धुम्रबराहस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र अन्य कम्युनिस्ट पार्टीहरुलाई समय छँदै जतिसक्दो चाँडो पार्टी एकताबद्ध हुन आह्वान गरे ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका नेता मोहन कार्की ‘जीवन्त’ र नेत्री सीता कार्कीलाई पार्टीमा स्वागत गर्दै उनले भने, ‘साथीहरु अप्ठ्यारो नमानिकन एकतामा आउनुहोस्, हामी सबैको उद्देश्य समाजवाद हो, देशलाई समाजवादतर्फ लैजाने आधार तयार भएको छ, अब समाजवादी एकै ठाउँमा आउनुको विकल्प छैन, म समयमै एकीकृत हुन आग्रह गर्दछु ।’

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका हुन् ।

अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनको शुरुका चरणमा आन्तरिक र बाह्य कारणले विभाजन र एकताको प्रक्रिया चले पनि अहिले कम्युनिस्ट पार्टीहरुबीच एकताको लहर जारी रहेको भन्दै उनले अब कम्युनिस्टबीच एकताको विकल्प नरहेको बताए ।

अध्यक्ष दाहालले भने, ‘विप्लवहरु एकतामा आउनुहुन्छ, अन्य साथीहरु पनि आउनुहुन्छ, तर ढिला भयो भने फाइदा गर्दैन ।’

अध्यक्ष दाहालले तत्कालीन नेकपा (माओवादी र नेकपा (एमाले) बीचको एकतापछि मुलुकमा राजनीतिक स्थायित्व, स्थिर सरकार गठनसँगै आर्थिक विकास हुँदै मुलुक समृद्धिको बाटोमा अग्रसर भएको बताए ।

नेता ‘जीवन्त’ ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आर्थिक विकाससँगै वैज्ञानिक समाजवादलाई पूरा गर्ने लक्षण देखेर आफूहरु पार्टी प्रवेश गरेको प्रष्ट पारे।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ३ : २७ बजे

मधेस प्रदेशमा जसपा नेपालको संसदीय दलका नेतामा यादव चयन

जनकपुर – मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलको

काभा महिला भलिबल च्याम्पियनसिप : शुक्रबार नेपालले भारतसँग खेल्ने

काठमाडौं – शुक्रबारदेखि राजधानीमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक शुक्रबार

साफ महिला च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा राजनीतिक दलका नेताहरुसँग छलफल

काठमाडौं – संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका