चिकित्सकले पाठेघर तानेर चुँडाइदिएपछि सुत्केरीको मृत्यु भएको भन्दै मेडिकल कलेजमा तोडफोड « Khabarhub

चिकित्सकले पाठेघर तानेर चुँडाइदिएपछि सुत्केरीको मृत्यु भएको भन्दै मेडिकल कलेजमा तोडफोड


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनापूर्ण भएको छ ।

सुत्केरीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन् ।

भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४ गते विहिवार राति ११ बजे बच्चालाई जन्म दिएकी थिइन् ।

बच्चा जन्मन समस्या भएपछि भ्याकुम लगाएर बच्चालाई जन्म दिइएको थियो । तर चिकित्सकहरुले लापरवाही गर्दा सुत्केरीको मृत्यु भएको सुनिताका परिवारजनको आरोप छ ।

बच्चा जन्माउने क्रममा लगाइएको भ्याकुमलाई सही रुपमा प्रयोग नगरिएको र भ्याकुमले सुत्केरीको पाठेघरसमेत तानेर चुँडाइदिएको आरोप मृतकका आफन्तले लगाएका छन् । बच्चाको अवस्था भने सामान्य रहेको छ ।

आफन्तले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् भने अस्पतालमा समेत उनीहरुले तोडफोड गरेका छन् । अस्पतालमा तोडफोड शुरु भएपछि अस्पताल प्रशासनले प्रहरीसँग सुरक्षा माग गरेको थियो ।

अहिले अस्पतालमा प्रहरीको बाक्लो उपस्थित रहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ४ : ३१ बजे

प्रहरी महानिरीक्षक कार्की स्वदेश फर्किए

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्की संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा

विश्वकै चर्चित युट्युबर मिस्टर बिस्टले गरे विवाह

काठमाडौं– विश्वकै सर्वाधिक लोकप्रिय युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) अब

‘युवाको आक्रोशको गलत फाइदा नउठाइयोस्’- छात्र आन्दोलनबारे प्रीति जिन्टाको चिन्ता

काठमाडौं– दिल्लीको जन्तर–मन्तरमा जारी छात्र आन्दोलनकाबीच बलिउड अभिनेत्री प्रीति जिन्टाले

प्रदेशको सत्ताबारे सहमति खोज्न छुट्टाछुट्टै छलफल गर्दै प्रचण्ड-ओली

काठमाडौं– प्रदेशको सत्ता समीकरण अगाडि बढाउन नेपाली कम्युनिस्ट पार्टीका संयोजक

समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन

काठमाडौं- राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन