चिकित्सकले पाठेघर तानेर चुँडाइदिएपछि सुत्केरीको मृत्यु भएको भन्दै मेडिकल कलेजमा तोडफोड | Khabarhub Khabarhub

चिकित्सकले पाठेघर तानेर चुँडाइदिएपछि सुत्केरीको मृत्यु भएको भन्दै मेडिकल कलेजमा तोडफोड


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनापूर्ण भएको छ ।

सुत्केरीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन् ।

भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४ गते विहिवार राति ११ बजे बच्चालाई जन्म दिएकी थिइन् ।

बच्चा जन्मन समस्या भएपछि भ्याकुम लगाएर बच्चालाई जन्म दिइएको थियो । तर चिकित्सकहरुले लापरवाही गर्दा सुत्केरीको मृत्यु भएको सुनिताका परिवारजनको आरोप छ ।

बच्चा जन्माउने क्रममा लगाइएको भ्याकुमलाई सही रुपमा प्रयोग नगरिएको र भ्याकुमले सुत्केरीको पाठेघरसमेत तानेर चुँडाइदिएको आरोप मृतकका आफन्तले लगाएका छन् । बच्चाको अवस्था भने सामान्य रहेको छ ।

आफन्तले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् भने अस्पतालमा समेत उनीहरुले तोडफोड गरेका छन् । अस्पतालमा तोडफोड शुरु भएपछि अस्पताल प्रशासनले प्रहरीसँग सुरक्षा माग गरेको थियो ।

अहिले अस्पतालमा प्रहरीको बाक्लो उपस्थित रहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ४ : ३१ बजे

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं – नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको

उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते

पोर्ट सुडान – सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र

भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक

ओखलढुङ्गा – यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्रकारले विद्यार्थीलाई

पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’

गण्डकी – यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।