समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन « Khabarhub

समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन (कानुन) को कार्यान्वयन अवस्थाको अध्ययन सुरु गरेको छ।

समितिले यस प्रयोजनका लागि सांसद डा. अञ्जान शाक्यको संयोजकत्वमा ‘ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति’ गठन गरेको हो। उपसमितिमा सांसद खम्बबहादुर खाती, झक्कुप्रसाद सुवेदी, कृष्णप्रसाद सिटौला, राजेन्द्रलक्ष्मी गैह्रे, रामकुमारी झाँक्री र विष्णुदेवी पुडासैनी सदस्य रहेका छन्।

समितिका सभापति कृष्णबहादुर रोकायको अध्यक्षतामा साउन ४ गते बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको थियो। उपसमितिका संयोजक डा. शाक्यका अनुसार पहिलो बैठक सम्पन्न भइसकेको छ भने कार्यविधि तर्जुमासहित अध्ययन प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ।

उपसमितिलाई नेपालमा कार्यान्वयनमा रहेका ऐनहरूको अध्ययन गरी कार्यान्वयनको अवस्था मापन गर्न उपयुक्त ऐन, दफा वा कानुनी व्यवस्थाको प्राथमिकतासहित सिफारिस गर्ने जिम्मेवारी दिइएको छ।

यसका साथै, ऐन कार्यान्वयन मापनसम्बन्धी कम्तीमा तीन देशको अभ्यास अध्ययन गर्ने, आवश्यकताअनुसार सम्बन्धित सरोकारवालासँग छलफल गर्ने तथा ३० दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्ने कार्यादेश पनि उपसमितिलाई दिइएको सभापति रोकायले जानकारी दिए।

यसैबीच, विधायिकी अन्तरसम्बन्धको अध्ययन गरी आवश्यक सिफारिस गर्न समितिले सांसद सुरेश आलेमगरको संयोजकत्वमा अर्को उपसमिति पनि गठन गरेको छ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १ : ४६ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका

कलाकार नारद खतिवडा ठगी अरोपमा पक्राउ, ७२ लाखको डिल

काठमाडौं – हाँस्य कलाकार नारद खतिवडा ठगीको आरोपमा पक्राउ परेका

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौं- श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका

हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय

ब्राउनाउ आम इन (अस्ट्रिया)- नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम

हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी

मनिला– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम