गोंगबुबाट पेस्तोलसहित दुई जना पक्राउ « Khabarhub

गोंगबुबाट पेस्तोलसहित दुई जना पक्राउ


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको गोंगबुबाट दुई जना हतियारसहित पक्राउ परेका छन् । कारमा हतियार लुकाइएर ल्याएको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले शनिवार गणेशमान चारनाथ नगरपालिका ७ धनुषाका २४ वर्षीष धर्मेन्द्र पासवान र विष्णुपुर गाउँपालिका ६ सिरहाका ४१ वर्षीय दिनेशकुमार साहलाई ६ वटा गोली लाग्ने पेस्तोलसहित पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा बा १५च ७५२६ नम्बरको कारमा चेक जाँच गर्दा पछाडिको सिटमा लुकाएर ल्याएको अवस्थामा उक्त हतियार फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरु हतियार व्यवसायी भएको र तराइबाट काठमाडौँमा हतियार सप्लाइ गर्ने कार्यमा संलग्न रहेको प्रहरीको अनुमान छ । पक्राउ परेका दुबैजनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ५ : १५ बजे

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति