पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ आयोजना हुने « Khabarhub

पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ आयोजना हुने


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मौलापुर– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले फागुन ५ र ६ गते पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ एवम् शिवलिला प्रदर्शन २०७६ को आयोजना गर्ने भएको छ ।

शुक्रबार नगरपालिकाको ५ नम्बर वडा पतौरास्थित मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाले महायज्ञ बारे जानकारी गराएको हो ।

ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने उक्त महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आतिथ्य रहने नगरपालिकाले जानकारी गराएको हो ।

फागुन ५ गते महायज्ञ शुभारम्भ र शिवलिला प्रदर्शन एवम फागुन ६ गते पशुपतिनाथ मन्दिरका मुल भट्टद्वारा मन्त्र उच्चारण एवम राष्ट्रपति भण्डारीबाट विशेष पुजा तथा नेपाली तथा विदेश लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख रिनाकुमारी साहले महायज्ञले मौलिक संस्कृतिको जगेर्ना हुनुका साथै भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने बताइन् ।

उनले भनिन्, “पुरातात्त्विक महादेव मन्दिर एउटा ऐतिहासिक मन्दिर हो । १२०० वर्ष पुरानो यो मन्दिर पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तव्य बन्न सक्छ भन्ने हाम्रो विश्वास छ । मन्दिर संरक्षणका लागि हामी दिनरात खटिएका हौं तर त्यति मात्रले पुग्दैन ।

यसको प्रचार गर्नु पनि त्यतिकै जरुरी छ । त्यसैले हामी मधानी महायज्ञ आयोजना गर्न लागेका हौँ । यसले भ्रमण वर्षमा महत्वपूर्ण योगदान पुर्याउने छ ।”

देशको थप नयाँ सय गन्तव्यमा छनोट भएको उक्त मन्दिरमा हुने मधानी महायज्ञमा भगवान शिवको विशेष मौलिक अनुष्ठान गरिनेछ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ५ : ३२ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।