देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु | Khabarhub Khabarhub

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–झापा, दोलखा, कास्की, महोत्तरी, तनहुँ, सल्यान र धनकुटामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

झापा, मेचीनगर नगरपालिका-७ इँटाभट्टा चोकमा मे.४ प ९३१३ नम्बरको मोटरसाइकललाई युपी २५ डि १६९३ नम्बरको ट्रकले शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक बारा काँकडी बस्ने ४० वर्षीय रामप्रसाद यादबको घटनास्थलमै मृत्यु भएको छ ।

दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी झापा, दमक नगरपालिका-४ कृष्ण मन्दिर अगाडि पूर्वपश्चिम राजमार्गमा मे.१ क ६४९ नम्बरको टिपरले शनिबार बिहान ठक्कर दिँदा सोही ठाउँ बस्ने पैदलयात्री ६९ वर्षीया तुलसा गौतमको घटनास्थलमै मृत्यु भएको छ ।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोलखा, भिमेश्वर नगरपालिका-१ क्षमावतीमा प्रदेश नम्बर ३ ०२-००३ प ७१३३ नम्बरको मोटरसाइकल शुक्रवार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय मदन थामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका थामीको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचारको क्रममा मुत्यु भएको हो ।

कास्की पोखरा महानगरपालिका-२६ स्थित कालिका चोकमा ग.२ च २७१८ नम्बरको बलेरो जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका कालिका चोक बस्ने तनहुँ ब्यास नगरपालिका-१० घर भएका २३ वर्षीय बिशाल बिककी २ वर्षीया छोरी प्रिन्सेस बिकको उपचारको लागि पश्चिम क्षेत्रीय अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की, पोखरा महानगरपालिका-१३ आर्बास्थित सडकमा ग.२ च ९८५ नम्बरको जिप अनियन्त्रित भई सडकमा पल्टिएर शनिबार बिहान दुर्घटना हुँदा जिपमा सवार स्याङ्जा आँधिखोला गाउँपालिका-१ दरौसिरुबारी घर भई कास्की चाउथेस्थित माछापुच्छ्रे पोल्ट्रीर्फममा काम गर्ने १७ वर्षीय मन बहादुर सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मन बहादुरको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, मटिहानी नगरपालिका-३ बर्दाहामा ज.२ त ११७ नम्बरको ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय ईर्साद कवारीको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तनहुँ, बन्दीपुर गाउँपालिका-४ नयाँपुलस्थित पृथ्वी राजमार्गमा ना.५ ख ७८०४ नम्बरको ट्रकले शुक्रवार दिउँसो ठक्कर दिँदा पैदलयात्री गोरखा पालुङटार गाउँपालिका-७ बस्ने १० वर्षीया सुनिता परियारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई लक्ष्मी अस्पताल डुम्रे हुँदै पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सुमित परियारको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सल्यान, वनगार्ड कुपिन्डे नगरपालिका-४ सिर्पगार्डस्थित चौरजहारी सडकमा ना.४ ख ८८७० नम्बरको ट्रक सडकबाट करिब १ सय ५० मिटर तल खस्न गई दुर्घटना हुँदा चालक सुर्खेत गंगादेब नगरपालिका-१ मदाने बस्ने ३४ वर्षीय जय बहादुर विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ ।

धनकुटा, चौबिसे गाउँपालिका-८ एसपीमोर्डस्थित सडकमा ना.७ ख ७९१७ नम्बरको टेलर अनियन्त्रित भई सडकको छेउमा पल्टिएर दुर्घटना हुँदा सहचालक सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने ३५ वर्षीय राजकुमार राईको टेलरले किचेर मृत्यु भएको छ । टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ६ : १५ बजे

दरौँदी यातायातको यात्रुबस शुक्रबार रातिदेखि सम्पर्कविहीन

काठमाडौं– दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन भएको

स्पेनिस ला लिगा : ओसासुनासँग बार्सिलोना स्तब्ध

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ओसासुनासँग स्तब्ध भएको छ

देवघाटधामसहित थुप्रै संरचना बाढीको जोखिममा

तनहुँ– बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण तनहुँको धार्मिक तीर्थस्थल

इंग्लिस प्रिमियर लिग : पालमरको चार गोलमा चेल्सीको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा कोल पालमर ले पहिलो हाफमा नै चार

बाढी–पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं– भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९