मुलुकलाई विवादमा पर्ने प्रयास हुनु हुँदैन–पूर्व राजा ज्ञानेन्द्र « Khabarhub

मुलुकलाई विवादमा पर्ने प्रयास हुनु हुँदैन–पूर्व राजा ज्ञानेन्द्र


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले देशको सबै भूभागको रक्षा तथा समग्र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने बताएका छन् ।

२९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर एक शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनु पर्ने बताएका छन् ।

‘हाम्रा पुर्खाको पौरखले जोडिएको, जगेर्ना गरिएको हिमाल, पहाड, तराई मिलेर बनेको हाम्रो यो प्यारो मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनु पर्दछ’ विज्ञप्तिमा भनिएको छ,‘देशका सबै भूभागको रक्षा तथा समग्र नेपालबासीको समृद्धिका लागि गहकिलो प्रयास हुनै पर्दछ ।’

पूर्व राजा शाहाले माटोको सम्मानमा बोल्ने नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पर्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पर्ने प्रयास कतैबाट पनि हुन नहुने जनाएका छन् ।

‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन’ उनले विज्ञप्तिमा भनेका छन् ।

पूर्व राजा शाहले पृथ्वी नारायण शाहका दिव्य उपदेशहरु आधुनिक नेपाल अधिराज्य निर्माणको प्रकृयामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको बताएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ५ : ५५ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको