सचिवालयको निर्णयबारे उपसभामुख तुम्बाहाङ्फेको प्रतिक्रिया : मैले किन राजीनामा दिने ? | Khabarhub Khabarhub

सचिवालयको निर्णयबारे उपसभामुख तुम्बाहाङ्फेको प्रतिक्रिया : मैले किन राजीनामा दिने ?


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूले पदबाट राजीनामा नदिने बताएकी छिन् ।

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सभामुख तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गर्न लगाउने निर्णय गरेको थियो ।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीबाट निर्वाचित उपसभामुखलाई राजनीनामा गर्न लगाउने निर्णय भएको बताएका थिए ।

निर्णय सार्वजनिक भएसँगै खबरहबसँगको कुराकानीमा उपसभामुख तुम्बाहाङ्फेले आफूले पदबाट राजीनामा नदिने बताएकी हुन् ।
‘मैले किन दिने राजीनामा ?’ उपसभामुख तुम्बाहाङ्फेले भनिन्,‘सभामुखका लागि म योग्य छु ।’

नेकपाको सचिवालय बैठकले उपसभामुखलाई राजीनामा गराएर सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको भएपनि कसलाई सभामुख बनाउने भन्ने निर्णय भने नगरेको प्रवक्ता श्रेष्ठले बताए ।

सभामुख उम्मेदवार को हो भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘त्यो आउँछ नि ! पहिला उपसभामुखको राजीनामा आउनुपर्‍यो।’

नेकपामा त्रिपक्षीय शक्ति संघर्ष

सत्तारुढ दल नेकपामा सभामुखको विषयमा त्रिपक्षीय शक्ति संघर्ष देखिएको छ ।

नेकपाका एक जना सचिवालय सदस्यका अनुसार तीन पक्षको आ–आफ्नो दाबी र व्यक्ति भएका कारण समस्या उत्पन्न भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्व माओवादी नेता अग्नी सापकोटालाई सभामुख बनाउनु पर्ने अडानमा रहेका छन् ।

त्यस्तै तत्कालीन एमालेकी पूर्व उपाध्यक्षसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत सभामुखमा चासो व्यक्त गरेको नेकपाका नेताहरुको भनाइ छ ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेमाथि शीतल निवासको सदासयता रहेका कारण उनले सभामुखमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै आएको नेकपाका एक नेताले बताए ।

आइतवार प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ६ : ३५ बजे

दक्षिण अफ्रिकालाई हराउँदै भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं – भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक

जेन-जी समूहले माग्यो लिखुपिके गाउँपालिकाको खर्च तथा प्रगति विवरण

सोलुखुम्बु– सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गठित जेन जी युवा समूहले गाउँपालिकाको

मुलुक बनाउने जिम्मेवारी हामी सबैको होः प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको

उद्योगको लाइन जोड्न मधेशका मुख्यमन्त्री सोनालले गराए ध्यानाकर्षण

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले उद्योगको लाइन अविलम्ब जोड्न

जेन-जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ‘जेन-जी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एकजनालाई पक्राउ