दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजना अघिबढ्न सकेनन् : नेता नेपाल « Khabarhub

दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजना अघिबढ्न सकेनन् : नेता नेपाल


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरोकारवाला निकायको भूमिकालाई थप प्रभावकारी बनाइनुपर्ने बताएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालको प्रथम राष्ट्रिय साधारण सभाको उद्घाटन कार्यक्रममा उनले यातायात क्षेत्रको एकाधिकारको अन्त्य गर्दै यस क्षेत्रमा रहेका बेथिति र विकृति नियन्त्रणका लागि नियमनकारी निकाय सक्रिय हुन जरुरी भएको उल्लेख गरे ।

नेता नेपालले मुलुकभित्र सार्वजनिक यातायात मात्र नभई विद्यालय, हवाई कम्पनी तथा बैंक वित्तीय संस्थालगायत जुनसुकै निकाय खोल्नका लागि कुनै सीमितता नरहेको र हचुवाका भरमा बग्रेल्ती संस्था खुल्ने परिपाटी रहेको भन्दै त्यसलाई बदल्न नियमनकारी निकायको विशेष ध्यान जान जरुरी भएको बताए ।

उनले भने, “देशमा उदारभावको नाउँमा बग्रेल्ती अनुमति दिइन्छ, कति सङ्ख्या हो, कुनै सीमितता छैन । अर्कोतर्फ खुलेका संस्थाको अनुगमन प्रणाली प्रभावकारी छैन, जसले गर्दा सेवा गुणस्तरतामा ह्रास आउँछ, अन्ततोगत्व लगानीकर्ताले सेवाबाटै विमुख हुनुपर्ने अवस्था पनि सिर्जना हुन्छ, त्यसैले राम्रोसँग अध्ययन गरेर मात्र यातायात सेवा सञ्चालनको अनुमति दिनुपर्छ, प्रतिस्पर्धा र नियमनलाई राज्यका निकायले अझ बढी जिम्मेवार र सक्रिय भएर लाग्नुपर्ने जरुरी छ ।”

पूर्वप्रधानमन्त्री नेपालले मुलुकभित्र राज्यले बृहत्तर ढङ्गले दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजनाका कामलाई अघि बढाउने परिपाटीको विकास नहुँदा लगानीअनुरुपको प्रतिफल आउन नसकेको बताए ।

उनले भने, “हामी विमानस्थल, सडक वा पुल जे पूर्वाधार बनाउँदैछौँ, त्यो कति अवधिमा कस्तो गुणस्तरको बनाउने भन्ने मापदण्ड छैन । साँघुरो हेराइ, सङ्कीर्ण सोचका कारण मुलुकको विकासको गतिलाई तीव्रता दिन सकिन्न । जुनसुकै पूर्वाधार बनाउँदा १० वर्ष, २० वर्ष वा ५० वर्ष कति अवधिसम्मका लागि हो कति खर्च लाग्छ आदि विषय शुरुमै निर्धारण गरेर आयोजना अघि बढाउन जरुरी छ ।”

चालकको लापर्बाहीका कारण मुलुकमा सवारी दुर्घटना बढ्नुका साथै ठूलो जनधनको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै उनले चालकलाई उत्तरदायी बनाउन आवश्यक प्रशिक्षणका साथै उनीहरुलाई अनुशासित र मर्यादित बनाउनेतर्फ सरोकार भएका निकायले ध्यान दिनुपर्ने खाँचो भएको बताए ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ९ : १४ बजे

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा