एकता दिवस हाम्रो साझा सम्पदा थियो र हो : भीमार्जुन « Khabarhub

एकता दिवस हाम्रो साझा सम्पदा थियो र हो : भीमार्जुन


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-संविधानविद भीमार्जुन आचार्यले पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाउनुपर्ने बताएका छन् ।

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा आचार्यले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै राष्ट्रिय एकता दिवस हाम्रो साझा सम्पदा रहेको उल्लेख गरेका छन् ।

पृथ्वी नारायण शाहले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन नसक्ने उनको तर्क छ ।

आचार्यले नेपाल राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहलाई सबै जातजाति र समुदायका मानिसहरूले साथ दिएको भए पनि स‌िंगो नेपाल निर्माणको नेतृत्व र भिजन उनकै रहेको बताएका छन् ।

आचार्यले भनेका छन्, ‘हरेक देशका साँझा सम्पदा हुन्छन् । राष्ट्रिय एकता दिवस हाम्रो यस्तै एउटा सम्पदा थियो र हो ।’

फेसबुकमा आचार्यले लेखेको स्टाटस यस्तो छ :
पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ।

उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन।

नेपाल राष्ट्र निर्माणमा उनलाई सबै जातजाति र समुदायका मानिसहरूले साथ दिएको भए पनि नेतृत्व र भिजन उनकै हो। हरेक देशका साँझा सम्पदा हुन्छन् । राष्ट्रिय एकता दिवस हाम्रो यस्तै एउटा सम्पदा थियो र हो ।

विदेशीका सामु आफ्नो स्वाभिमान बेचिसकेकाहरुका लागि यसको महत्व हुने कुरै भएन । बरू उनीहरु यसलाई धुमिल बनाउन लागि रहे। यसका लागि उनीहरुले राष्ट्रिय एकता दिवसलाई सरकारी क्यलेण्डरबाट झिकिदिए।

पृथ्वीनारायण शाहको मूर्ति फोडन लगाएँ। जातजातिका बीचमा द्वेष सिर्जना गराए। तथापि, उनीहरुले देश बिखण्डन गर्ने सम्मको लक्ष्य अझै प्राप्त गर्न सकेका छैनन् ।

उनीहरूलाई परास्त गर्न पनि राष्ट्रिय एकता दिवस धुमधामले मनाउँनु पर्छ र पृथ्वीनारायण शाहलाई अझ धेरै सम्मान गर्नु पर्दछ । यो उपलक्ष्यमा म सबै नेपालीहरु बीचको एकता अझै मजबुत हुदै जाओस् भन्ने कामना गर्दछु । जय राष्ट्रिय एकता दिवस!

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ९ : ३९ बजे

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा