ए डिभिजन लिगमा आज पनि तीन खेल हुँदै « Khabarhub

ए डिभिजन लिगमा आज पनि तीन खेल हुँदै


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज पनि तीन खेल हुँदैछन ।

आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा दोस्रो स्थानको आर्मी र ब्रिगेड बिहान पौने ९ बजे भिड्नेछन् ।

आर्मी ब्रिगेडलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ । ११ खेलमा २६ अंक जोडेको आर्मी दोस्रो स्थानमा रहेको छ । ब्रिगेडलाई हराउँन सके आर्मी मछिन्द्र क्लबलाई पछि पार्दै शीर्ष स्थानमा उक्लने छ ।

यस्तै थ्रीस्टार र एनआरटी बीचको खेल दिउँसो सवाँ १२ बजे हुँदैछ । दुवै टिम जीत निकाल्दै शीर्ष ६ भित्र स्थान पक्का गर्न चाहन्छन ।

२० अंक जोडेको थ्रीस्टार लिगको चौंथो स्थानमा रहेको छ । एनआरटीलाई हराएर थ्रीस्टार शीर्ष ६ मा आफुलाई सुरक्षित गर्न चाहन्छ ।

यता, एनआरटी पनि जीत निकाल्दै शीर्ष ६ भित्र उक्लन चाहन्छ । १५ अंक जोडेको एनआरटी लिगको आठौं स्थानमा छ ।

लिगको उपाधि होडमा रहेको मनाङ मर्स्याङ्दी क्लवले दिउँसो साढे ३ बजे नेपाल पुलिस क्लबसँग खेल्दैछ ।मनाङ बलियो प्रतिद्वन्द्वी पुलिसविरुद्ध जीत निकाल्दै उपाधिको दाबेदार कायम राख्न चाहन्छ ।

२२ अंक जोडेको मनाङ तेस्रो स्थानमा रहेको छ ।पुलिस भने मनाङलाई हराएर शीर्ष ६ भित्र स्थान पक्का गर्न चाहन्छ । छैटौं स्थानको पुलिसको १७ अंक रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ७ : २९ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु