छाडा कुकुर व्यवस्थापन गर्दै नगरपालिका | Khabarhub Khabarhub

छाडा कुकुर व्यवस्थापन गर्दै नगरपालिका


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असोज कात्तिक महिनामा मात्रै होइन, अहिले पनि बागलुङबजारका विभिन्न चोक, गल्ली र टोलमा छाडा कुकुर छरपस्ट देखिन्छ ।

देखिने मात्र होइन, बेला बेला उस्तै आक्रामक भएर पनि आउने गर्दछ । छाडा कुकुरको व्यवस्थापनका विषयमा स्थानीय सरकारका रूपमा बागलुङ नगरपालिका, जिल्ला प्रशासन र प्रहरी कार्यालयप्रति तीव्र प्रश्न पनि उठ्छ तर यसलाई विष हालेर मार्दा पशु अधिकारकर्मीको चर्को विरोध आएपछि यसको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ ।

यद्यपि नगरपालिकाले कुकुर व्यवस्थापनका लागि छुट्टै बजेट विनियोजन गरेर अघि बढ्ने पहल थालेको छ । छाडा कुकुरको सङ्ख्या बढ्दै गएका कारण मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएपछि नगरपालिकाले छाडा कुकुर व्यवस्थापनको पहल थालेको हो ।

नगरपालिकाले यो वर्ष छाडा कुकुर व्यवस्थापन गर्ने गरी दुई लाख बजेटसमेत विनियोजन गरेको छ । बागलुङ बजारमा रहेका छाडा कुकुरको दीर्घकालीन व्यवस्थापन गर्न फागुन महिनाभित्र कुकुरको बन्ध्याकरण गरिसक्ने नगरपालिकाले जनाएको छ ।

छाडा कुकुरका कारण बागलुङ बजार अव्यवस्थित तथा दुर्घटनाको जोखिमसमेत बढेकाले कुकुरहरुको यथोचित व्यवस्थापनका लागि बन्ध्याकरण उपयुक्त विकल्प भएको निष्कर्षसहित यसकै तयारीमा रहेको नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए ।

‘पशु अधिकारका हिसाबले पछिल्लो समय कुकुरलाई मार्न पाइँदैन’, प्रशासकीय अधिकृत सुवेदीले भने, ‘पोखराबाट कुकुर समाउने तथा बन्ध्याकरण गर्ने प्राविधिक ल्याएर फागुन महिनाभित्र गुनासो नआउने गरी व्यवस्थापन गर्ने प्रयासमा छौँ ।’

सुवेदीका अनुसार बन्ध्याकरणको समयमा कुकुरलाई रेबिजविरुद्धको खोपसमेत लगाइनेछ । बागलुङ बजारमा अहिले करीब १०० छाडा कुकुर छन् ।

छाडा कुकुरका कारण बजारका व्यापारीलाई समेत समस्यामा पारेको गुनासो छ । ‘छाडा कुकुरले जथाभावी मानिसलाई टोक्ने गरेपछि त्यसको व्यवस्थापनका लागि कुकरलाई रेबिजविरुद्धको खोप दिने र बन्ध्याकरण गरिनेछ’, नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने, ‘योजना कार्यन्वयनसँगै सडकमा हिँडडुल गर्ने नागरिक कुकुरबाट सुरक्षित हुनेछन्, रेबिज रोगको जोखिम कम हुनेछ ।’

पौडेलका अनुसार फागुन महिनाभित्र बन्ध्याकरण शिविरको आयोजना गरिनेछ । रेबिज प्राणघातक रोग भएको र यसको उपचार गर्न निकै गाह्रो हुने भएकाले नगरपालिकाले लिएको कदम उपयुक्त विकल्प भएको धवलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्न्डेन्ट डा शेलैद्र बी पोखरेलले बताए ।

कुकुरको टोकाइबाट रेबिज सर्ने सम्भावना ९० प्रतिशत हुन्छ । अन्य जिल्लामा ‘नो बेबी, नो रेबिज’ भन्ने नाराका साथ रेबिजविरुद्धको खोप लगाउने गरिएको छ ।

अरु जिल्लामा व्यवस्थापनसहित विभिन्न अभियान चलिरहेको भए पनि बागलुङमा हाल छाडा कुकुर व्यवस्थापन गर्न नसकिएको भेटेरेनरी तथा पशु अस्पताल बागलुङका डा शम्भु पाण्डेले बताए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : ३१ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३