नेपालीलाई स्वदेश फिर्ता गर्न चीनले ससर्त अनुमति दिने « Khabarhub

नेपालीलाई स्वदेश फिर्ता गर्न चीनले ससर्त अनुमति दिने


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको चीनको हुबे प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन चीनले दिने “ससर्त” अनुमति दिने भएको छ ।

नेपाल सरकारका एक वरिष्ठ अधिकारीका अनुसार चीनले कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउन चीनले ससर्त अनुमति दिने भएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले चीनमा अलपत्र परेका नेपाली नागरिकको उद्धारसम्बन्धी जानकारी लिन सोमवार स्वास्थ्य, परराष्ट्र तथा शिक्षा मन्त्रालयका सचिवहरूलाई बोलाएको थियो।

त्यसै क्रममा स्वास्थ्यसचिवले यो जानकारी दिएको आयोगका एक सदस्यले बताएको बीबीसीले उल्लेख गरेको छ ।

सरकारी अधिकारीहरूले चीनमा रहेका नेपालीलाई जतिसक्दो चाँडो फर्काइने आश्वासन दिँदै आएका छन्।

तर हुबेमा रहेका नेपालीका आफन्तहरूको छटपटी बढ्दो छ र उनीहरूले उच्च सरकारी अधिकारीहरूलाई भेटेर हारगुहार गरिरहेका छन्।

हुबेमा रहेका नेपालीका आफन्तहरूले ज्ञापनपत्र बुझाएपछि उनीहरूलाई तत्काल स्वदेश फर्काउन आइतवार राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको थियो।

सोमवार आयोग पुगेका स्वास्थ्यसचिव खगराज बरालले नेपालले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार चिकित्सकीय निगरानीको व्यवस्था गरेपछि मात्र चीनले उद्धारको अनुमति दिने जानकारी गराएको आयोगका सदस्य सुदीप पाठकले बताए।

कोरोनाभाइरसको सङ्क्रमण शरु भएको हुबेमा रहेका नेपालीहरूले स्वदेश फर्कन चाहेको भन्दै हारगुहार गरेपछि १० दिनअघि सरकारले उनीहरूको उद्धार गर्ने निर्णय गरेको थियो।

त्यसका लगि चीनस्थित नेपाली दूतावासले आवेदन माग गरेकामा १८० जना नेपालीहरूले स्वदेश फर्किन निवेदन दिइसकेका छन्।

तर लामो समयसम्म पनि उनीहरूलाई उद्धार गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ।

हुबेमा रहेका नेपालीका आफन्तहरूले सरकारका उच्च अधिकारीहरूलाई भेटेर हारगुहार गर्ने क्रम जारी छ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : ४० बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको