दिल्ली विधानसभा निर्वाचनको मतगणना जारी, आम आदमी पार्टीको अग्रता « Khabarhub

दिल्ली विधानसभा निर्वाचनको मतगणना जारी, आम आदमी पार्टीको अग्रता


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतगणना शुरु भएको छ। प्रारम्भिक गणनामा सत्तारूढ आम आदमी पार्टी (आप) ले अग्रता लिइरहेको छ।

तिक्ततापूर्ण परिवेशमाझ भएको निर्वाचनमा आपले ठूलो जित हासिल गर्ने विभिन्न ‘एक्जिट पोल’ले देखाएका छन्।

मतदान सम्पन्न भएपछि गरिएका त्यस्ता प्रारम्भिक मतसर्वेक्षण तथा प्रारम्भिक मतगणनाले तुलनात्मक रूपमा लामो इतिहास नभएको आपले भारतको केन्द्रीय सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) लाई ठूलो धक्का दिने देखाएका हुन्।

अहिलेसम्मको मतपरिणाममा आम आदमी पार्टी ५५ सिटमा अगाडि देखिएको छ। दिल्लीका ७० विधानसभा सिटका लागि शनिबार मतदान भएको थियो ।

जारी मतगणनामा आम आदमी पार्टीले ५५ सिटमा अग्रता लिएको छ । विगतमा तीन सिट मात्रै जितेको भाजपाले अहिले १५ सिटमा अग्रता लिएको छ । कांग्रेस भने यो पटक पनि सिट बिहीन हुने देखिएको छ ।

यहाँका क्षेत्रीय दलले शक्तिमा रहँदा शिक्षा र विकासमा दिएको ध्यानको निकै प्रशंसा हुनेगरेको बीबीसीले उल्लेख गरेको छ।

भाजपाले त्यहाँ आफ्नो सङ्घीय गृहमन्त्रीको नेतृत्वमा निकै चर्को निर्वाचन अभियान सञ्चालन गरेको थियो।

दिल्लीको निर्वाचनलाई निकै साङ्केतिक रूपमा हेरिन्छ। अन्य राज्यमा जसरी त्यहाँका स्थानीय सरकारमा पूर्ण रूपमा प्रशासनिक शक्ति हुँदैन।

पछिल्लो कार्यकालमा त्यहाँको नेतृत्व गरेका आपका चामत्कारिक मुख्यमन्त्री अरविन्द केजरीवालले राज्यलाई व्यापक स्वायत्तताको माग गरेका थिए।

दिल्लीमा प्रहरीमाथिको नियन्त्रण, भूमि र कानुन कार्यान्वयन सङ्घीय सरकारको हातमा हुन्छ। यसपालि त्यहाँको निर्वाचन अभियान निकै उग्र रूपमा सम्पन्न भएको थियो।

दिल्ली सरकारको कार्यकाल फेब्रुअरी २२ मा सकिँदैछ। सन् २०१५ मा भएको निर्वाचनमा आम आदमी पार्टीले ७० मा ६७ सीट जितेको थियो।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : ४८ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको