भरत खवासले ए डिभिजन लिगमा पूरा गरे व्यक्तिगत ५० गोल « Khabarhub

भरत खवासले ए डिभिजन लिगमा पूरा गरे व्यक्तिगत ५० गोल


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भरत खवासले नेपालको शीर्ष डिभिजन फुटबल लिग शहीद स्मारक ए डिभिजन लिगमा व्यक्तिगत ५० गोल पूरा गरेका छन् ।

हाल नेपाली सेनाको त्रिभुवन आर्मीमा आवद्ध खवासले  मंगलबार ब्रिगेड व्वाईज क्लबविरुद्ध १ गोल गर्दै लिगमा आफ्नो ५० गोलको आँकडा पूरा गरेका हुन् । उनले बिग्रेडविरुद्ध ५ मिनेटमा गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाएका थिए ।

नेपाली राष्ट्रिय फुटबल टोली तथा विभागीय क्लब त्रिभुवन आर्मीका महत्वपूर्ण स्टाइकर भरतले जारी लिगमा ४ गोल गरेसँगै ५० गोल पुरा गरेका हुन् ।

शहीद स्मारक ए डिभिजन लिगमा विसं २०६३ मा संकटा क्लबबाट डेब्यू गरेका खवास त्यसपछि, फ्रेन्ड्स क्लब, नेपाल पुलिस क्लब हुँदै अहिले आर्मी क्लबमा पुगेका हुन् ।

भरतले संकटाबाट ३ वर्ष ए डिभिजन लिग खेलेका थिए भने २०६६ मा फ्रेन्ड्स क्लबमा आवद्ध भएका थिए । यस्तै, २०६८ सालमा पुलिसमा आवद्ध भएका उनी २०६९ मा आर्मीमा आवद्ध भएका थिए ।

खवासले लिगमा डेब्यू गोल भने २०६३ सालमा संकटामा रहँदा सरस्वतीविरुद्ध गरेका थिए । उक्त खेलमा संकटाले सरस्वतीलाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १० : ३८ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको