सुदूरपश्चिममा तेस्रो पटक अन्धोपनको सर्वेक्षण शुरु « Khabarhub

सुदूरपश्चिममा तेस्रो पटक अन्धोपनको सर्वेक्षण शुरु


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको गेटा आँखा अस्पतालले सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक अन्धोपनको सर्वेक्षण शुरु गरेको छ । कैलाली, डडेल्धुरा र डोटीमा आँखाका बिरामीको अवस्था, आँखा रोग सङ्क्रमणलगायतका विषयमा तेस्रो पटक अन्धोपनको सर्वेक्षण शुरु गरेको हो ।

अस्पतालका व्यवस्थापक रमेशचन्द्र भट्टका अनुसार प्रदेशका ९ वटै जिल्लाका १ सय ३२ स्थानमा अन्धोपनको सर्वेक्षण गरिनेछ । आँखा अस्पतालले अन्धोपन सर्वेक्षणका लागि नेत्र विशेषज्ञको नेतृत्वमा ३ वटा टोली गठन गरी सर्वेक्षण कार्य थालनी भइसकेको उनले जानकारी दिए ।

५० वर्ष उमेरमाथिका जनसङ्ख्यालाई समेटेर अन्धोपन सर्वेक्षण गरिने गेटा आँखा अस्पतालका व्यवस्थापक भट्टको भनाइ छ ।  नेपालमा कूल अन्धोपनमध्ये ८२ प्रतिशत ५० वर्षमाथि उमेर समूहका व्यक्ति रहने गरेका कारण तेस्रो पटकको अन्धोपन सर्वेक्षणमा सोही समूहलाई लक्षित गरिएको भट्टले बताए ।

सर्वेक्षणका लागि छनोट भएका प्रत्येक स्थानमा ३५ जनाको आँखा परीक्षण, मधुमेह तथा दृष्टिदोषको कारणलगायतबारे सर्वेक्षण गरिनेछ । यस पटकको अन्धोपनको सर्वेक्षणमा चार हजार ६२० जनालाई समावेश गरिने लक्ष्य रहेको जनाइएको छ ।

गेटा आँखा अस्पतालले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दृष्टिदोषबारे पनि सर्वेक्षण गरेको जनाएको छ । अस्पतालका अनुसार धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ वटा विद्यालयमा पा“च देखि १० कक्षामा अध्ययनरत विद्यार्थीलाई समावेश गरेर दृष्टिदोषबारे सर्वेक्षण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सन् १९८१ मा अन्धोपनको सर्वेक्षण गरिएको थियो । त्यतिबेला सेती अञ्चलमा १ दशमलव २ प्रतिशत र महाकाली अञ्चलमा ० दशमलव ८ प्रतिशत जनसङ्ख्यामा अन्धोपना देखापरेको र त्यसको मुख्य कारण मोतिविन्दु रहेको देखिएको थियो । यस्तै, दोस्रो प्रमुख कारण ट्रकोमा रहेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १२ : ३० बजे

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको