शेयर बजार नेप्से दोहोरो अंकले वृद्धि | Khabarhub Khabarhub

शेयर बजार नेप्से दोहोरो अंकले वृद्धि


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.११ विन्दुले बढेर आज एक हजार ३४१.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.७५ ले बढेर २८५.३७ मा पुगेको छ । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोवार रकममा समेत परेको छ ।

कूल १७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर रु एक अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ ।

सो उपसमूह १०.६७ ले घट्दा बैंकिङ १४.४८, होटल १.५६, विकास बैंक १८.६४, जलविद्युत् ९.८९, वित्त २.९१, निर्जीवन बीमा ९३.४७, उत्पादन २०.२६, अन्य ६.३९, लघुवित्त ७०.२२, जीवन बीमा ५३.२६ र सामूहिक लगानी कोष ०.१६ ले बढेको छ । कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड दुई लाख १२ हजार ४५ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै एनआइसी एशिया बैंक रु ११ करोड २३ लाख २० हजार ३०२, सिभिल बैंक रु आठ करोड ३४ लाख १० हजार २१८, छिमेक लघुवित्त विकास बैंक रु पाँच करोड ३३ लाख ५० हजार ८३४, नागरिक लगानी कोष रु पाँच करोड २२ लाख ८२ हजार ९२६ र स्वरोजगार लघुवित्त विकास बैंकको रु तीन करोड ४९ लाख २२ हजार ६६४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार कालिका पावर १०, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.८३, नेपाल हाइड्रो डेभलपमेन्ट ७.५०, लक्ष्मी लघुवित्त वित्तीय संस्था ६.३४, स्वरोजगार लघुवित्त विकास बैंक ६.१८ र दिव्यश्वरी हाइड्रोपावर का लगानीकर्ताले ५.८८ प्रतिशतले कमाए । त्यस्तै, युनियन हाइड्रोपावर ५.०८, सेन्ट्रल फाइनान्स ४.०८, रिलायन्स फाइनान्स ३.३५, साल्ट ट्रेडिङ कर्पोरेशन २.०५, बोटलर्स नेपाल तराई १.९९ र रैराङ हाइड्रोपावरका शेयरधनीले १.९२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ५ : २१ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई