सरकार र निजी क्षेत्रको प्रयासबाट मात्रै समृद्धि सम्भवः प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

सरकार र निजी क्षेत्रको प्रयासबाट मात्रै समृद्धि सम्भवः प्रधानमन्त्री ओली


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सीआइपी) सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको दोहोर्‍याए । उनले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार रहेको बताए ।

निर्यात व्यापारमा देखिएका समस्या समाधान गर्न सरकारले पहलकदमी लिएको उदाहरण दिँदै उनले भने, “केही समयअघि सुपारी, अदुवा तथा पाम आयलको निर्यातमा समस्या थियो, अहिले समस्या समाधान भएको छ, निर्यातका विभिन्न क्षेत्रमा सरकारले सहजीकरण गरिरहेको छ ।”

उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिमा लाग्न निजी क्षेत्रलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट निजी क्षेत्रलाई पूर्णरुपमा साथ रहने विश्वास दिलाए ।

“ढुक्क हुनुहोस्, विश्वस्त भएर काम गर्नुहोस्”, व्यवसायीलाई आश्वस्त पार्दै प्रधानमन्त्री ओलीले भने, “यदि कुनै अप्ठ्यारो आए मलाई भन्नुहोस् ।”

राजनीति परिवर्तनपछि मुलुक आर्थिक समृद्धिको चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अबका प्रयास सुशासन र आर्थिक विकासमा केन्द्रित हुने बताए । “अब हामी नयाँ मार्गमा उत्साहित भएका छौँ, सिङ्गो देश विकासको काममा नलागी सुशासन र विकास सम्भव छैन”, उनले भने, “विकास र समृद्धिका लागि निजी क्षेत्रको सामूहिक सहयोगको खाँचो छ, सुशासन र देश विकासमा हाम्रो सामूहिक प्रयास लगाउनुपर्छ ।”

विकास र समृद्धिको मामिलामा सरकार र निजी क्षेत्रको समान धारणा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अब सुशासनमा पनि एक मत हुनुपर्ने बताए । सुशासन विकास र समृद्धिको बाधक नभएको प्रष्ट्याउँदै उनले पारदर्शिता, स्वच्छता र कानूनको परिपालना गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

निजी क्षेत्रलाई लगानीमा सहजीकरण गर्न सरकारले विभिन्न प्रयास अगाडि बढाएको जानकारी दिँदै प्रधानमन्त्रीले लगानीको वातावरण बनाइएको बताए ।

“एकल विन्दु सेवा स्थापना गरिएको छ, लगानीको वातावरण बनाइएको छ, बैंक, वित्तीय संस्था र उद्योगीका बीमा उचित र सन्तुलित सम्बन्ध होस्, सरकार र व्यवासयीबीच पनि सौहार्द्धपूर्ण सम्बन्ध होस् हामी यही चाहेका छौँ ।”

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले मुलुकको आर्थिक समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सिआइपी सम्मानबाट निजी क्षेत्रको मनोबल बढेको बताए ।

मुलुकका लगानीको वातावरण बनाउन सरकार सदैव क्रियाशील रहेको बताउँदै उनले भने, “राज्य सधैँ व्यवासयीको साथमा छ, हामी व्यापार–व्यवसाय गर्न कुनै व्यवधान आउन दिँदैनौँ । उद्योगी व्यवसायीको मनोबल खस्कन दिँदैनौँ, ढुक्क भएर लगानी गर्नुहोस् ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सम्मानबाट मुलुकको अर्थतन्त्रको विकासमा लाग्न व्यवसायीलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सम्मानित व्यक्तित्व एवं नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले सीआइपी सम्मानबाट व्यवसायीमा उत्साह थपिएको बताइन् । निजी क्षेत्र सरकारसँग हातेमालो गर्दै हिँडेको उल्लेख गर्दै उनले समृद्धिको यात्रामा सहकार्य गर्न तयार रहेको बताइन् ।

 

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १० : १५ बजे

खराब मौसमका कारण दिल्लीमा उडान तथा रेल सेवा प्रभावित

एजेन्सी – बाक्लो कुहिरोले शुक्रबार उत्तरी भारतका उडान र रेल

चीनमा हवाई यात्रु ट्राफिक रेकर्ड उच्च

एजेन्सी – चीनको नागरिक उड्डयन क्षेत्रले गत वर्ष ७३ करोड

पृथ्वी जयन्तीमा राप्रपाले महेन्द्र सालिकदेखि पृथ्वी सालिकसम्म एकता र्‍याली गर्ने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३०३औँ पृथ्वी जयन्तीका अवसरमा

चितवन महोत्सव पुस २५ गतेदेखि, १५ दिनसम्म चल्ने

काठमाडौं – चितवनको नारायणगढस्थित नारायणी किनारमा यही पुस २५ गतेदेखि

इन्डोनेसियामा ३३ वर्ष यताकै बढी गर्मी

एजेन्सी – इन्डोनेसियाले सन् २०२४ मा ३३ वर्ष यताकै तातो