पोखरामा बुधबार भाइटिका महोत्सव « Khabarhub

पोखरामा बुधबार भाइटिका महोत्सव


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल सङ्घ पोखराको आयोजनामा पोखरामा बुधबार १९औँ संस्करणको भाइटिका महोत्सव आयोजना हुने भएको छ।

तिहारको सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने र संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गर्न लागेको हो । पोखरा–६ लेकसाइडस्थित होटल पौवामा दिउँसोदेखि सुरु हुने उक्त महोत्सवमा करिब एक सय विदेशी पर्यटकलाई भाइटिकाको टीका लगाउने तयारी गरिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । उनका अनुसार नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षणसँगै तिनलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो ।

“नेपाली चाडपर्व र संस्कृतिप्रति विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । भाइटिका महोत्सवमा सहभागी हुन कतिपय पर्यटक वर्षेनि पोखरा आउने गरेका छन् भने केही पर्यटक दोहो¥याएर समेत टीका लगाउन आउने गरेका छन्”, अध्यक्ष सुवेदीले भने ।

महोत्सवमा सहभागी विदेशी पर्यटकलाई नेपाली समाजमा भाइटिकाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे जानकारी गराइनेछ । दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परालाई विदेशी पर्यटकमाझ प्रत्यक्ष अनुभव गराउने कार्यक्रमको मुख्य आकर्षण रहनेछ ।

त्यस अवसरमा पर्यटकलाई नेपाली परम्परागत परिकार सेलरोटी लगायतका परिकार खुवाइनुका साथै मौलिक देउसी–भैलोसमेत प्रस्तुत गरिनेछ । नेपाली संस्कृतिको जीवन्त अनुभव दिलाउँदै पर्यटकलाई स्थानीय चाडपर्व र परम्परासँग जोड्ने लक्ष्य महोत्सवले लिएको छ ।

होटल सङ्घ पोखरा नेपालले विगतका वर्षदेखि निरन्तर आयोजना गर्दै आएको भाइटिका महोत्सवले पोखराको पर्यटनलाई सांस्कृतिक पहिचानसँग जोड्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । महोत्सवले पोखरा घुम्न आउने विदेशी पर्यटकलाई नेपाली संस्कृति बुझ्ने र त्यसमा प्रत्यक्ष सहभागी हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको अध्यक्ष सुवेदीले भने ।
–––

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  १० : ०३ बजे

पोखरामा बुधबार भाइटिका महोत्सव

कास्की – नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको

सञ्चारमन्त्री तिमिल्सिना र मलेसियाली समकक्षीबीच भेट, डिजिटल सहकार्य विस्तारमा जोड

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र मलेसियाका

सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन

सुनसरी – बराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका

भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो

भक्तपुर – नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र

एनपीएलमा सुदूरपश्चिमको रोमाञ्चक जित : एक बल बाँकी हुँदा जनकपुर ९३ रनमा समेटियो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लो स्कोरिङ