हेलिकप्टरबाट सुत्केरीको उद्धार « Khabarhub

हेलिकप्टरबाट सुत्केरीको उद्धार


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाकोट गाउँपालिका–३ चौतारीबाँडा गाउँमा सुत्केरी व्यथा लागेर साल अड्किएको एक महिलालाई दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको छ ।

वडा ३ का ३९ वर्षीया रुपशिला दमाईंको साल अड्किएर निस्कन नसक्दा चौबिस घण्टापछि हेलिकप्टरबाट उद्धार गरिएको हो ।

नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरी व्यथा लागेका दमाईंलाई प्रदेश अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताए ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा सुत्केरी व्यथा लागेर साल अड्किएको जानकारी आएपछि उद्धारको लागि पहल गरी उद्धार गरिएको प्रजिअ भट्टराईले बताए ।

प्रमुख जिल्ला अधिकारी विनिता भट्टराई र ताजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लको पहलमा प्रदेश अस्पतालमा लगिएको हो । उच्च रक्तश्रावले अचेत अवस्थामा रहेकी दमाईंलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट पठाएको हेलिकप्टरमार्फत सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

यस्तै केही दिन अगाडि मात्रै उत्तरी नाम्खा गाउँपालिका वडा लिमी गाउँका सुत्केरी व्यथा लागेकी ३५ वर्षीया याङजिन तामाङको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्धार गरिएको छ ।

पछिल्लो समयमा कर्णालीका विकट हुम्ला जिल्लाबाट सुत्केरी हुन नसकेका महिलालाई हवाई उद्धार गरेर धेरैको ज्यान जोगिएको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ११ : ०० बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका