हेलिकप्टरबाट सुत्केरीको उद्धार | Khabarhub Khabarhub

हेलिकप्टरबाट सुत्केरीको उद्धार


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाकोट गाउँपालिका–३ चौतारीबाँडा गाउँमा सुत्केरी व्यथा लागेर साल अड्किएको एक महिलालाई दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको छ ।

वडा ३ का ३९ वर्षीया रुपशिला दमाईंको साल अड्किएर निस्कन नसक्दा चौबिस घण्टापछि हेलिकप्टरबाट उद्धार गरिएको हो ।

नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरी व्यथा लागेका दमाईंलाई प्रदेश अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताए ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा सुत्केरी व्यथा लागेर साल अड्किएको जानकारी आएपछि उद्धारको लागि पहल गरी उद्धार गरिएको प्रजिअ भट्टराईले बताए ।

प्रमुख जिल्ला अधिकारी विनिता भट्टराई र ताजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लको पहलमा प्रदेश अस्पतालमा लगिएको हो । उच्च रक्तश्रावले अचेत अवस्थामा रहेकी दमाईंलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट पठाएको हेलिकप्टरमार्फत सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

यस्तै केही दिन अगाडि मात्रै उत्तरी नाम्खा गाउँपालिका वडा लिमी गाउँका सुत्केरी व्यथा लागेकी ३५ वर्षीया याङजिन तामाङको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्धार गरिएको छ ।

पछिल्लो समयमा कर्णालीका विकट हुम्ला जिल्लाबाट सुत्केरी हुन नसकेका महिलालाई हवाई उद्धार गरेर धेरैको ज्यान जोगिएको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ११ : ०० बजे

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारी भेटघाटमा व्यस्त

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौदिने

अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

काठमाडौं – नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री

दश महिनामा १३ हजार पर्यटक रारा पुगे

मुगु – नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी

सुपर ओभरमा ब्रदर्श–११ विजयी, ग्रीन सिटी ५ रनले पराजित

मोरङ – कन्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम