सरकारी लापरबाहीकै कारण पाकिस्तानमा पनि भित्रियो कोरोना « Khabarhub

सरकारी लापरबाहीकै कारण पाकिस्तानमा पनि भित्रियो कोरोना


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान- केही दिन अघिमात्र पाकिस्तान स्वास्थ्य राज्यमन्त्री डा. जाफर मिर्जाले मुलुकभित्र कोरोना भाइरस भित्रिन नदिनका लागि विमानस्थलमा हुँदै आएको स्क्रिनिङको व्यक्तिगत निरीक्षण गरेको आश्वासन दिएका थिए ।

उनले विदेशबाट आउने हरेक मानिसको स्क्रिनिङ गर्न सबै विमानस्थलमा सबल संयन्त्र बनाइएको दाबी पनि गरे । डा. मिर्जाको दाबी विपरीत इरानबाट पाकिस्तान आउँदै गरेको एकजना बिमारीले जहाजमै कोरोनाको लक्षण देखाएका थिए ।

तर, उक्त विमानमा चढेका अरु यात्रुजस्तै उनलाई पाकिस्तान प्रवेश गर्न रोकिएन । के त्यसबेला विमानस्थलका स्क्रिनिङ गर्ने उपकरणले काम गर्न छाडेका थिए ? के कर्मचारीले हेलचेक्य्राईं गरे ? के त्यसबेला विश्वका धेरै मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिसक्दा पनि चीनबाट आउने यात्रुलाई मात्र स्क्रिनिङ गरिन्थ्यो ?

पाकिस्तान मेडिकल एसोसिएसनका एकजना वरिष्ठ सदस्यका अनुसार ती बिमारीले पूरा एक सातासम्म बेपरवाह कराँची शहर घुमेका थिए ।

यसक्रममा उनी धेरै नै मानिसहरुको संसर्गमा आएको हुनुपर्छ । सिन्ध प्रान्तका मुख्यमन्त्रीका अनुसार पछिल्ला केही दिनयता इरानबाट सिन्ध आएका १५०० जनाको पहिचान भएको छ ।

इरानमा कोरोना भाइरसको संक्रमण देखा परिसकेपछि पाकिस्तान सरकारले इरानसँगको सीमा बन्द गर्न ४ दिन लगाएको थियो । सरकारको यो असफलताले मुलुकमा प्राणघातक रोग भित्रिने सम्भावना बढेर गएको छ ।

यो विषय कराँचीमा मात्र सीमित छैन । इरानबाट फर्केका अर्का व्यक्तिलाई पनि इस्लामावादको अस्पतालमा राखेर उपचार भइरहेको छ ।

डा. मिर्जाले भनेको सत्य हो, यो आत्तिने बेला होइन तर, सरकारले यस्ता महत्वपूर्ण विषयमा समयमै सही निर्णय लियोस् भन्ने सबैको अपेक्षा हुन्छ ।

सबैमा सरकारले विमानस्थलका कर्मचारीलाई उचित तालिम दियोस्, यसको उचित निगरानी गरोस् भन्ने अपेक्षा हुन्छ नै ।

चीनले गत डिसेम्बर महिनामा पहिलो पटक कोरोना भाइरसको संक्रमणबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएको समयबाट नै पाकिस्तान सरकारसँग यो चुनौति सामना गर्नका लागि पर्याप्त समय थियो ।

सरकारको गैरजिम्मेवारीपनका कारण अर्थतन्त्र र आम सर्वसाधारणको जीवनमा असर पर्न थालिसकेको छ । पाकिस्तानको स्टक एक्सचेन्ज ओरालो लागेको छ ।

हालसम्म पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या १९ पुगेको छ । जसमध्ये २ जनालाई निको भइसकेको छ भने १७ जना उपचाररत रहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ९ : १३ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष