परीक्षा दिनुअघि विद्याकी देवी सरस्वतीलाई कसरी खुसी पार्ने ? « Khabarhub

परीक्षा दिनुअघि विद्याकी देवी सरस्वतीलाई कसरी खुसी पार्ने ?


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले अधिकाशं विद्यार्थीको परीक्षाको तयारी चलिरहेको छ । कतिपय शैक्षिक संस्थामा त परीक्षा शुरु पनि भइसक्यो ।

तर जब जब फाइनल परीक्षा नजिकिन्छ । अधिकाशं विद्यार्थीमा एक किसिमको भय रहने गरेको छ । परीक्षामा राम्रो अंक प्राप्त गर्न धेरैले देवी सरस्वतीको आराधना गर्दछन् ।

धार्मिक शास्त्र अनुसार यो सबैभन्दा सरल र राम्रो विकल्प मानिएको छ । तसर्थ कुन राशीका परीक्षार्थीले सरस्वतीलाई के चढाउँदा यस पटकको फाइनल परीक्षामा राम्रो अंक प्राप्त हुन्छ त ?

१. मेष राशी
मेष राशीका विद्यार्थीले देवी सरस्वतीलाई बेसनको लड्डु अर्पण गर्नुपर्दछ । यी राशीका जातक परीक्षा आउनु अगावैबाट धेरै डराउने स्वभावका रहने भएकाले संयम रहनुहोला ।

२. वृष राशी
वृष राशीका विद्यार्थीले देवी सरस्वतीलाई बर्फी मिठाई अर्पण गर्नुपर्दछ । यी राशीका जातकमा परीक्षाको डर क्षणिक मात्र हुने भए पनि अध्ययनमा भने विशेष रुचि दिनुहोला ।

३. मिथुन राशी
मिथुन राशीका विद्यार्थीले देवी सरस्वतीलाई हरियो धागो अर्पण गरी धारण गर्नुपर्दछ । परीक्षामा राम्रो नतिजा ल्याउन पिस्ता र अम्बक पनि अर्पण गर्न सकिन्छ ।

४. कर्कट राशी
कर्कट राशीका विद्यार्थीले देवी सरस्वतीलाई दूधबाट बनेका मिठाई र किसमिस अर्पण गर्नुपर्दछ । यस राशीका जातकमा परीक्षाको भय नहुने भएकाले पढाइमा ध्यान कम जान्छ ।

५. सिंह राशी
सिंह राशीका विद्यार्थीले देवी सरस्वतीलाई अनार अर्पण गरी त्यसैलाई प्रसादको रुपमा ग्रहण गर्नुपर्दछ । यस राशीका जातकलाई परीक्षामा भन्दा पनि नतिजाका बेला डर हुने गर्दछ ।

६. कन्या राशी
कन्या राशीका विद्यार्थीले देवी सरस्वतीलाई मख्खन र मिश्री अर्पण गरी त्यसैलाई प्रसादका रुपमा ग्रहण गर्नुपर्दछ । पढ्ने शैलीमा सुधार गरी पढ्न खोजेपनि अध्ययनमा मन जादैन ।

७. तुला राशी
तुला राशीका विद्यार्थीले देवी सरस्वतीलाई रसवरी र काजू अर्पण गर्नुपर्दछ । पढाईमा मन नजाने यस राशीका जातकले मेहनत गरेको खण्डमा राम्रो नतिजा प्राप्त गर्न सक्दछन् ।

८. वृश्चिक राशी
वृश्चिक राशीका विद्यार्थीले देवी सरस्वतीको नियमित पुजा गरी खराब बानि सबै त्याग्नु पर्दछ । दैनिक एक चमच मह खाएर परीक्षा दिएमा राम्रो अंक प्राप्त हुन्छ ।

९. धनु राशी
धनु राशीका विद्यार्थीले देवी सरस्वतीलाई बदाम र मिश्री अर्पण गरी प्रसादका रुपमा ग्रहण गर्नु पर्दछ । यस राशीका जातकलाई पढाईमा रुचि नहुने भए हदै रुचि हुने गर्दछ ।

१०. मकर राशी
मकर राशीका विद्यार्थीले देवी सरस्वतीलाई तुलसीको जरा अर्पण गरी धारण गर्नुपर्दछ । यस राशीका जातकलाई अध्ययनमा मन नलाग्ने भएकाले तुलसीको पात र मह खानु पर्दछ ।

११. कुम्भ राशी
कुम्भ राशीका विद्यार्थीले देवी सरस्वतीलाई बर्फी लगायतका गुलिया मिठाई अर्पण गर्नुपर्दछ । यस राशीका जातकलाई रुचि नभएको बेला अध्ययन गर्न सक्दैनन् ।

१२. मीन राशी
मीन राशीका विद्यार्थीले देवी सरस्वतीलाई दैनिक पान अर्पण गरी प्रसादका रुपमा ग्रहण गर्नुपर्छ । यस राशीका जातकलाई परीक्षाको चिन्ता भन्दा पनि श्रेणीको चाहना हुने गर्दछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : ३५ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका