हिमपहिरोमा परी पाकिस्तानमा ५ जनाको मृत्यु « Khabarhub

हिमपहिरोमा परी पाकिस्तानमा ५ जनाको मृत्यु


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हिमाली भेगमा मंगलबार अबेर गएको हिमपहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार हिमपहिरोमा कम्तीमा २० जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको नाथिया गली क्षेत्रअन्तर्गत गुण्ड्ला गाउँमा हिमपहिरो गएको हो ।

घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । घाइते अवस्था चिन्ताजनक रहेको एआरवाई समाचार समितिले जनाएको छ ।

हिमपहिरोमा परी कैयौ सवारी साधन प्रभावित भएको र दुई दर्जन भन्दा बढी परी सवारी साधन अझै वेपत्ता रेहको जनाइएको छ । हिमपहिरोमा अरु धेरै मानिसहरु फसेको र उनीहरुको उद्धार कार्य जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १ : २२ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन