प्रधानमन्त्रीलाई मिर्गौला दिने संग्रौला अस्पतालबाट डिस्चार्ज « Khabarhub

प्रधानमन्त्रीलाई मिर्गौला दिने संग्रौला अस्पतालबाट डिस्चार्ज


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गरेकी समिक्षा संग्रौलालाई अस्पतालले आज डिस्चार्ज गरेको छ ।

गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई भान्जी संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो ।

गत बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीलाई संर्गौलाले आफ्नो मिर्गौला दिएकी थिइन् । अस्पतालबाट डिस्चार्ज भएसँगै संग्रौला आफ्नै निवासमा फर्किएकी छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने ‘उहाँको स्वास्थ्य अवस्था राम्रो हुँदै गएपछि आज समीक्षा जीलाई डिस्चार्ज गरिएको छ, उहाँ आफ्नै घरमा जानुभएको छ ।’

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्य सिंह शाहका अनुसार संग्रौलाको स्वास्थ्य अवस्था अहिले राम्रो हुँदै गएको छ । मिर्गौला निकालिएको घाउँ पूर्ण रुपमा ठिक भएपनि उनी स्वस्थ्य व्यक्तिले जस्तै जीवनयापन गर्न सक्ने डा शाहले बताइन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ३ : ५२ बजे

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ– बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

यूएई र साउदीका सबै उडान अवरुद्ध : रियादको अमेरिकी दूतावासमा आक्रमण

दुबई – इरान र इजरायल–अमेरिका गठबन्धनबीचको सैन्य मुठभेड खाडीका अन्य

तेहरान र बेरुतमा भीषण बमबारी

तेहरान – इजरायली सेनाले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा