कोरोना भाइरसका कारण प्रिमियर लिगमा सिटी र आर्सनलबीचको खेल स्थगित « Khabarhub

कोरोना भाइरसका कारण प्रिमियर लिगमा सिटी र आर्सनलबीचको खेल स्थगित


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) का कारण इङ्ग्लिस प्रिमियर लिग अन्तरगत म्यान्चेस्टर सिटी र आर्सनलबीचको खेल स्थगित भएको छ ।

बुधबार हुने तय भएको खेल कोरोना भाइरसको प्रभाव बढेसँगै तत्कालका लागि स्थगित गरिएको हो ।

लिगमा सिटी २८ खेलमा ५७ अंकसहित शीर्ष दोस्रो स्थानमा छ । यस्तै, आर्सनले समान २८ खेलबाटै ४० अंक जोड्दै नवौं स्थानमा छ । लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । लिभरपुल दोस्रो स्थानको सिटीभन्दा २५ अंकले अगाडि छ ।

कोरोनाको त्रास बढ्न थालेपछि सिटीको घरेलु मेदानमा हुने तय भएको खेल स्थगित गरिएको सिटीले जनाएको छ । यस्तै, ओलम्पिकासो क्लबले त कतिपय आफ्ना खेलाडीलाई कोरोनाको संक्रमण भएको आशंकामा उनीहरुलाई ‘सेल्फ–आइसोलेसन’ मा रहेका छन् ।

यस्तै, प्रिमियर लिगले भने अन्य खेल स्थगित गर्ने योजना नरहेको स्पष्ट पार्दै सबै खेल नियमित हुने बताएको छ । आज बिहानको खेल स्थगित गर्ने निर्णय गर्दासम्म बेलायतमा ३ सय ८२ जनामा कोरोनाको संक्रमण भेटिएको छ भने ६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ३ : ५० बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर