कोरोना भाइरसका कारण प्रिमियर लिगमा सिटी र आर्सनलबीचको खेल स्थगित « Khabarhub

कोरोना भाइरसका कारण प्रिमियर लिगमा सिटी र आर्सनलबीचको खेल स्थगित


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) का कारण इङ्ग्लिस प्रिमियर लिग अन्तरगत म्यान्चेस्टर सिटी र आर्सनलबीचको खेल स्थगित भएको छ ।

बुधबार हुने तय भएको खेल कोरोना भाइरसको प्रभाव बढेसँगै तत्कालका लागि स्थगित गरिएको हो ।

लिगमा सिटी २८ खेलमा ५७ अंकसहित शीर्ष दोस्रो स्थानमा छ । यस्तै, आर्सनले समान २८ खेलबाटै ४० अंक जोड्दै नवौं स्थानमा छ । लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । लिभरपुल दोस्रो स्थानको सिटीभन्दा २५ अंकले अगाडि छ ।

कोरोनाको त्रास बढ्न थालेपछि सिटीको घरेलु मेदानमा हुने तय भएको खेल स्थगित गरिएको सिटीले जनाएको छ । यस्तै, ओलम्पिकासो क्लबले त कतिपय आफ्ना खेलाडीलाई कोरोनाको संक्रमण भएको आशंकामा उनीहरुलाई ‘सेल्फ–आइसोलेसन’ मा रहेका छन् ।

यस्तै, प्रिमियर लिगले भने अन्य खेल स्थगित गर्ने योजना नरहेको स्पष्ट पार्दै सबै खेल नियमित हुने बताएको छ । आज बिहानको खेल स्थगित गर्ने निर्णय गर्दासम्म बेलायतमा ३ सय ८२ जनामा कोरोनाको संक्रमण भेटिएको छ भने ६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ३ : ५० बजे

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।