डिस्चार्ज हुनअघि समीक्षालाई भेटेपछि प्रधानमन्त्रीले भने– धन्यवाद भाञ्जी « Khabarhub

डिस्चार्ज हुनअघि समीक्षालाई भेटेपछि प्रधानमन्त्रीले भने– धन्यवाद भाञ्जी


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूलाई मिर्गौला दिएकी भाञ्जी समिक्षा संग्रौलासँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेट भएको छ ।

भाञ्जीको मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गरेको सात दिनपछि प्रधानमन्त्री ओलीले संग्रौलालाई भेटेका हुन् ।

अस्पतालबाट आजै डिस्चार्ज हुनुअघि संग्रौला र प्रधानमन्त्री ओलीबीच आज भेट भएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले मिर्गौला दिएकोमा भाञ्जी संग्रौलालाई धन्यवाद दिएका थिए भने उनको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।

‘प्रधानमन्त्री ज्यूले उहाँ(संग्रौला) लाई धन्यवाद दिनुभयो र उहाँको स्वास्थ्य अवस्थाबारे सोध्नु भयो’स्रोतले भन्यो,‘समिक्षाले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सोध्नु भएको थियो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रत्यारोपित मिर्गौलाले राम्रोसँग काम गरेको र प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ४ : १५ बजे

४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत

पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

बुटवल– पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ

अमेरिकाको हवाइमा २० वर्षयताकै ठूलो बाढी : हजारौं विस्थापित

हवाई – अमेरिकाको हवाई राज्यमा भारी वर्षासहितको आँधीबेहरीपछि राज्यव्यापी उच्च

नेपालगन्ज भन्सार : लक्ष्यको ५२ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ महिनामा

पानीको समान पहुँच सुनिश्चित गर्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान