डिस्चार्ज हुनअघि समीक्षालाई भेटेपछि प्रधानमन्त्रीले भने– धन्यवाद भाञ्जी « Khabarhub

डिस्चार्ज हुनअघि समीक्षालाई भेटेपछि प्रधानमन्त्रीले भने– धन्यवाद भाञ्जी


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूलाई मिर्गौला दिएकी भाञ्जी समिक्षा संग्रौलासँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेट भएको छ ।

भाञ्जीको मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गरेको सात दिनपछि प्रधानमन्त्री ओलीले संग्रौलालाई भेटेका हुन् ।

अस्पतालबाट आजै डिस्चार्ज हुनुअघि संग्रौला र प्रधानमन्त्री ओलीबीच आज भेट भएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले मिर्गौला दिएकोमा भाञ्जी संग्रौलालाई धन्यवाद दिएका थिए भने उनको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।

‘प्रधानमन्त्री ज्यूले उहाँ(संग्रौला) लाई धन्यवाद दिनुभयो र उहाँको स्वास्थ्य अवस्थाबारे सोध्नु भयो’स्रोतले भन्यो,‘समिक्षाले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सोध्नु भएको थियो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रत्यारोपित मिर्गौलाले राम्रोसँग काम गरेको र प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ४ : १५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी