अब त्रिविको सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट « Khabarhub

अब त्रिविको सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ ।

नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिवि प्राज्ञिक परिषद्बाट निर्णय गरी सो सम्बन्धी प्रक्रिया शुरु गरिएको जानकारी दिए ।

उनका अनुसार उक्त ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर जाँच गर्न पनि सकिने छ । त्यसको बीचमा छापसहितको सात प्रकारका विभिन्न फिचरको ढाँचा रहनेछ जसलाई ‘गुलुची’ भनिन्छ । त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर पत्ता लगाइन्छ । ‘‘अहिले बजारमा त्रिविकै नक्कली ट्रान्सक्रिप्ट बनाउने गरिएको छ’’, परीक्षा नियन्त्रक जोशीले भने, ‘‘त्यसलाई रोक्न सेक्युरिटी फिचर भएको ल्याउन लागिएको हो ।’’ त्यो पानीमा पानीमा नभिज्ने र नच्यातिने हुनेछ ।

सबैलाई एउटै किसिमको दिइने ति ट्रान्सक्रिप्टको बाहिरी गाता भने पाँच किसिमका हुनेछन् । अहिले वितरण हुने ट्रान्सक्रिप्ट समान छैनन् । अन्य सङ्कायभन्दा चिकित्सा र इञ्जिनीयरिङ विषयका भने फरक–फरक ट्रान्सक्रिप्ट छन् । सबैलाई समान खालको दिन सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिन लागिएको हो ।

परीक्षा नियन्त्रक जोशीले विसं २०७७ बाट परीक्षा दिने विद्यार्थीलाई उक्त ट्रान्सक्रिप्ट वितरण गरिने जानकारी दिए । ‘‘ त्यसको ढाँचा तयारी गरिएको छ’’ उनले भने ‘‘अब केही दिनमा बोलपत्र आह्वान गर्ने तयारीमा छौं ।’’ ट्रान्सक्रिप्टमा सम्बन्धित विद्यार्थीको फोटो हुन्छ । विसं २०१६ मा स्थापित त्रिविले विसं २०५४ बाट मात्र छापेर ट्रान्सक्रिप्ट दिन थालेको हो । नयाँ ट्रान्सक्रिप्टलाई हालको भन्दा बढी शुल्क तिर्नुपर्ने हुन्छ । वाक्लो गाता (फोल्डर) मा प्रोभिजनल सटिर्फिकेटसहित दिइने उक्त ट्रान्सक्रिप्ट अहिलेको भन्दा पाँच गुणा बढी शुल्क लाग्ने परीक्षा नियन्त्रक जोशीले बताए ।

पनिकाले तह अनुसारका रातो, हरियो, निलो, खैरो र बैजनी रङ्गका पाँच प्रकारका फोल्डरभित्र ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट राखेर दिनेछ । उनका अनुसार प्रविणता प्रमाणपत्र तहको लागि रु दुई हजार, स्नातकको रु दुई हजार २००, स्नातकोत्तर तह र एमफिललाई रु दुई हजार ५०० र विद्यावारिधीका लागि रु तीन हजार तोकिएको छ । अहिले त्रिविले स्नातक तहलाई रु ४५० र स्नातकोत्तर तहलाई रु ५०० शुल्क लिँदै आएको छ ।

यसैगरी त्रिविले चैत १५ गतेदेखि अब सबै सङ्कायका ट्रान्सक्रिप्ट २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले अब सबै सङ्कायको फाराम भरेको २४ घण्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको परीक्षा नियन्त्रक जोशीले बताए । त्रिविले विसं २०७५ बाट त्रिवि परीक्षा व्यवस्थापन सूचना प्रणाली लागू गरेर मानविकी र शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिँदै आएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ५ : ०८ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड